इटहरीः नेकपा माओवादी केन्द्रको प्रदेश एक कमिटिले प्रदेश एक विभिन्न जनवर्गीय संगठनहरुको विभाग इन्चार्ज र सह–इन्चार्ज तोकेको छ ।
माओवादी केन्द्रको हालै बसेको प्रदेश एकको बैठकले आफ्ना २९ वटा जनवर्गीय संगठनको इन्चार्ज र सह–इन्चार्ज लगायतका प्रतिनिधिहरु टुङ्गो लगाएको हो ।
पार्टीको प्रदेश एक कमिटिले आफ्ना ५ वटा विभागको टुङ्गो लगाउन बाँकी रहेको बताएको छ । नेकपा माओवादी केन्द्रको प्रदेश एकको आदिवासी जनजाती महासंघको इन्चार्जमा मुक्सहाङ्ग मन्याङ्गवोले इन्चार्जको जिम्मेवारी पाएका छन् भने धु्रव बुढाथोकीलाई वाईसिएलको प्रदेश एकको इन्चार्जको जिम्मेवारी दिइएको छ ।
पार्टी सम्वद्ध राष्ट्रिय कर्मचारी संगठन, ट्रेड युनियन महासंघ,प्रध्यापक संगठन, उपभोत्ता हित र बैदेशिक रोजगार संगठनमा भने अहिले कसैलाई पनि इन्चार्ज र सहइन्चार्ज तोकिएको छैन् ।
माओवादी केन्द्रले नेपाल उद्योग व्यवसायी संगठनको इन्चार्जमा टंक गिरीलाई तोकेको छ भने जनसाँस्कृतिक महासंघको इन्चार्जमा धानुनिक देवानलाई तोकिएको छ । यसैगरी कानुन व्यवसायी संगठनको इन्चार्जमा हिमाल गिरी,दलित मुक्ति मोर्चाको इन्चार्जमा खेमराज सुन्दास, प्रोगे्रेसिभ इन्जिनियरिङ्ग एसोसियसनको इन्चार्जमा विरेन्द्र बस्नेत र अनेरास्ववियु क्रान्तिकारीको इन्चार्जमा अइन्द्र विक्रम वेघालाई चयन गरेको छ ।
नेकपा माओवादीको प्रदेश एक कमिटिले अखिल नेपाल खेलकुद महासंघको इन्चार्जमा कुलप्रसाद साम्वा, प्रेस सेन्टर नेपालको इन्चार्जमा विवेक गौतम , अखिल नेपाल किसान महासंघको इन्चार्जमा केपी बराललाई जिम्मेवारी दिएको छ भने अखिले नेपाल महिला संघ क्रान्तिकारीको इन्चार्जमा बिनिता घिमिरेले जिम्मेवारी पाएकि छन् ।
उता अखिल नेपाल सुकुम्बासि संघको इन्चार्जमा खेमराज प्रधान, बुद्धिजिवी संगठनको इन्चार्जमा मोहनकुमार खड्का, मुस्लिम संगठनको इन्चार्जमा दिलु मियाँ, नेपाल निर्माण व्यवसायी संगठनको इन्चार्जमा बिजय खम्बु, अपाङ्गता संगठनको इन्चार्जमा राम कार्की, र मानवअधिकार तथा सामाजिक अभियानको इन्चार्जमा रमेश गुराँगाईले जिम्मेवारी पाएका छन् ।
पार्टीको प्रदेश एक कमिटिले पुर्व सैनिक प्रहरी संगठनको इन्चार्जमा जसकुमार राई, शिक्षक संगठनको इन्चार्जमा मोहन बहादुर खत्री, विपद् व्यवस्थापन संगठनको इन्चार्जमा डम्बर पुलामी , स्वास्थ्य संगठनको इन्चार्जमा अन्जना पोखरेल, सहकारी संगठनको इन्चार्जमा तारा भट्टराई र प्रतिष्ठानको इन्चार्जमा पुर्षोत्तम चुडाँललाई चयन गरेको छ ।