मेरो लेखको शीर्षक हेरेरै तपाईंको मनमा राष्ट्रिय– अन्तर्राष्ट्रिय गाली फुरिसक्यो होला ! किनकि मलाई थाहा छ, तपाईं कसैप्रति भावनात्मक रूपमा एकोहोरिनु भएको छ । कानूनी रूपमा एकोहोरिनु भएको छ । र, तपाईं धेरै हुलको जत्थालाई पछ्याइरहनु भएको छ । हामी त्यस्तो समाजमा बाचिरहेछौ जहाँ बहुमतले स्विकारेपछी गलत पनि सहि हुन्छ । त्यसैले केहि फरक लेख्ने कोसिस गर्दैछु । म तपाईंको त्यो बहुमतको लाममा छैन् । त्यसैले मलाई गाली पो गर्न तम्सिनु हुदैछ होला ? तर एकैछिन पर्खनुस् ।

मैले बुझेको पल शाह । स्ट्रग्लिङ एक नायक । यसलाई यसरी पनि भनौं, आफ्नो बल बुत्ताले सफलता चुमेका नायक । उनले संघर्ष बुझेका छन्, दुख बुझेका छन् र जीवन पनि बुझेका हुँदा हुन् । तर उनले प्रेम बुझ्न सकेनन् । प्रेमको परिभाषा बुझ्न सकेनन् या जानेनन्, रत उनी अहिले प्रहरी हिरासतमा छन् । त्यसमा पनि जबर्जस्ती करणी गरेको आरोपमा । यसलाई मेरो शब्दकोषले जबर्जस्ती करणी गरेर हैन्, पल शाह प्रेम गरेको कारण हिरासतसम्म पुग्न बाध्य छन् ।

तपाईंलाई अझै लागिरहेको होला, म पलको समर्थक वा पलबादी भनेर । यद्यपि म पलबादी पक्कै हैन् । तर एकपटक सोच्नुस् त, ’बलात्कारको सिकार भएकी उनको मनमा के बगिरहेको होला ?’ भनेर चिन्ता गर्ने तपाईंले पलको मनमा चाहिँ के बितिरहेको होला भनेर सोच्ने फुर्सदै पाउनुभएन ?

आज म यहाँ कानूनको भाषा बोल्दिन । नेपालको प्रचलित कानूनअनुसार पल शाहले अपराध गरेको अकाट्या सत्य हो (प्रमाणित भएमा) । कानूनकै भाषामा पनि पलले जबर्जस्ती करणी गरे तर त्यसको जरो उनले पहिला प्रेम गरे ।

त्यसपछि मात्र करणी गरे । प्रेमको नाटक गरेर, लोकप्रियता भजाएर करणी गरेको भन्ने तर्क तपाईंको मनमा फुरिरहेको होला । त्यो भनेको चाहिँ ती नाबालिका बिगतमा एक व्यक्तिसँग ’लिभिङ टुगेदर’मा थिइन् र कुरा नमिलेपछि पछी ’बलात्कारको केस लगाइदिन्छु’ भन्दै धम्कीपूर्ण फोन गर्ने गर्ने गर्थिन भन्नू उस्तैउस्तै हो । विल्कुलै अर्थहीन । किनकी को व्यक्तिको नियत कस्तो थियो र को व्यक्तिले विगतमा के गरेको थियो भन्नुले अर्थ राख्दैन । विगतमा स्याउ पर्लय मन पराउनेले आज स्याउ मन नपराउने पनि हुनसक्छ । त्यसैले त्यतातिर नजाऔं ।

यत्ति हो, पलले प्रेम गरे, अपराध गरे । ठुलै अपराध । कानूनको भाषाले स्विकारेको अपराध । तर वास्तवमा त्यो अपराध नै हो त ? मेरो मनले ‘हो’ भनेर स्विकार्न मानिरहेकै छैन् । किन ? अब म भन्छु तपाईंलाई ।

सरसर्ती हेर्दा यो घटना प्रेममा ‘मिसअन्डर्स्टान्डिङ’ भएपश्चात् सिर्जित भएको देखिन्छ । जसलाई ती नाबालिकाले ‘धोका’ भनेर बुझेकी छन् । त्यसको प्रमाणको रूपमा ती नाबालिकाले दिएका अन्तरवार्ता र सार्वजनिक भएका अडियो रेकर्डहरुलाई लिन सकिन्छ ।

गोप्य अडियो भनिएको सार्वजनिक अडियोमा ती नाबालिकाले आजभोलि तपाईंले मेरो मेसेजको रिप्लाई नै दिनुहुन्न, तपाईंले वास्तै गर्न छोड्नुभयो, समय दिन छोड्नुभयो, तपाईंको अर्कै गर्लफ्रेन्ड रहेछ जस्ता कुराहरू गरेकी छन् । यसको आशय के भने, पलसँग सुखदै चलिरहेको आफ्नो प्रेम सम्बन्धमा कारणबश तिक्तता छाउँछ । एकले अर्काको भावाना बुझ्दैन र, सम्बन्धमा चिसोपना आउँछ । त्यसपछि सम्बन्धमा छदा गरिएका राम्रा कुराहरूलाई भुलेर नराम्रा कुराहरुलाई टेकेर रिस पोख्न थालिन्छ । यहाँ पिडीत पक्षले दर्ता गराएको ‘जबर्जस्ती करणी’को मुद्दा यसैको सेरोफेरोमा घुम्छ । भनिन्छ प्रेमले रुप, धन, यौवन, ‘उमेर’ केहि पनि हेर्दैन् । अहिलेको पुस्ताले यो पनि बुझेको छ, प्रेममा ‘सेक्स’ नौलो कुरा हैन् । तर जब प्रेममा दुरी, मनमुटाव र सम्बन्धमा तिक्तता छाउदै जान्छ तब त्यसले अनेकन रुप लिन्छ । जसको पछिल्लो उदाहरण हो, पल शाह प्रकरण । प्रेममा ‘मिस अन्डर्स्टान्डिङ’ बाट सुरु भएको झिल्कोले अन्ततः प्रहरी हिरासतमै पुर्यायो ।

मेरो बिचारसँग तपाईंले पितृसत्ता हावी भएको भन्न सक्नुहुन्छ । पितृसत्तात्मक सोचाइले त नारीलाई मात्र गलत देख्छ । तर मैले यहाँ नारीलाई दोषी कहाँ देखाए र ? मैले त भने, पल शाहले प्रेम गर्नु उनको भूल भयो । कानूनले यसलाई अपराध भन्छ । तर मैले भनेको छु, पल शाहले प्रेम गरेका हुन्, बलात्कार हैन् । जब एक पुरुषले कसैलाई प्रेम गर्छ । उसलाई विश्वास र भरोसा गरेर आफ्नो दिल दिन्छ । उसले प्रेममा अनेकन हर्कत गरेर पनि आफ्नो तर्फबाट शतप्रतिशत दिन्छ र सम्बन्ध निभाउँछ । तर उसले त्यही प्रेमका कारण हिरासत पुग्नुपर्छ, योभन्दा ठूलो बान के हुन्छ जीवनमा ? धेरैले भन्नुभयो, ती नाबालिकाको ठाउँमा आफ्नी दिदी , बहिनी राखेर हेर्नुस् त भनेर । आज म भन्छु, पल शाहको ठाउँमा तपाईं आफै बसेर हेर्नुस् त । कसैलाई प्रेम गरेकै कारण, कसैलाई भरोसा गरेकै कारण त्यत्रो ठूलो सजाय भोगिरहदा कस्तो हुन्छ होला ? एक गिलास चिसो पानी पिएर सोच्नुस् त ।

पल शाह प्रकरणबाट धेरै व्यक्तिहरु प्रेम गर्न डराउन थालेका छन् । धेरैले धेरैलाई भरोसा गर्न छोडेको अबस्था छ । प्रेमको नजिर राम्रै बसेको हो त ? यसले के सन्देश दिन्छ ? प्रेममा सहनशीलता भन्ने कुरा हुँदैन्थ्यो भने प्रेमका यतिधेरै कथाहरू लेखिने थिएनन् होला ।

सहनै नसक्ने कुरा पनि सहिदिनुपर्ने ? भनेर सोच्दै हुनुन्छ होला ! पक्कै हैन् । तर तपाईंको प्रेमीले कहिलेकाही समय नदिने कुरा, परिस्थितिवश वेवास्ता गरिनुपर्ने कुरालाई पनि सहन सकिँदैन र ? सक्नुपर्ने हैन र ? घट्ना बाहिर ल्याएर चाहिँ के भयो त ? ती नाबालिकाले केहि अन्तर्वार्ताहरुमा आफूले पललाई बेस्सरी प्रेम गरेको कुरा बढो ‘इमोसन’सहित व्यक्त गरेकी छन् । यदि ती नाबालिकाले साच्चै प्रेम गरेकी भए उनी पनि पक्कै खुसी छैनन्, कमसेकम आफ्नो प्रेमी पिडामा देखेर ।

अन्तिममा मैले लेख्नैपर्छ, यदि पल शाहले ती नाबालिकामाथि न्यायलय जबर्जस्ती करणी ठहर गरेमा उनीमाथि कडा कार्वाही हुनुपर्छ । किनकि ’ग्ल्यामर’को रंगीन दुनियाँमा लाग्न चाहाने मेरी दिदी, मेरी बहिनी, मेरी प्रेमीका सुरक्षित होस् । कसैले पनि आफ्नो लोकप्रियताको आडम्बरमा यौन शोषणको सिकार हुन पर्दैन् । यो मुद्दा अदालती प्रक्रियामा अनुसन्धानरत भएकाले पनि त्यतातर्फ धेरै नलेखौं । बस् आशा गरौं, कानूनले दोषीलाई सजाय र निर्दोषलाई उन्मुक्ति दिनेछ ।