इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेस र नेकपा माओवादी परित्याग गरी एक सय २ जना युवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल इटहरी २ को वडा कमिटि गठन गर्ने क्रममा नेपाली काँग्रेस र माओवादी परित्याग गरी सय भन्दा ठुलो संख्यामा एमालेमा प्रवेश गरेको राष्ट्रिय युवा संघ नेपाल सह–सचिव सुनिल कार्कीले जानकारी दिएका छन् ।
यसैगरी राष्ट्रिय युवा संघ नेपाल सुनसरीले आफ्नो कमिटीलाई बिस्तार तीव्ररूपमा अघि बड़ाईरहेको बताएको छ । युवा संघले सबै पालिका स्तरीय र वडा टोल कमिटी गठन पुनरगठन गर्ने क्रम तीव्ररूपमा गरिरहेको बताइएको छ ।
राष्ट्रिय युवा संघ नेपाल सुनसरीले बैसाख ३० गते तोकीएको स्थानीय निर्वाचनलाई केन्द्रित गरेर आफ्नो सबै पालिका र वडामा कमिटी बिस्तारलाई तीव्र परेको राष्ट्रिय युवा संघ नेपाल सह–सचिव एवं प्रचार–प्रसार संयोजक सुनील कार्कीले बताए ।