इनरुवाः नेकपा माओवादी केन्द्रका प्रदेश एकका नेता चन्द्रबहादुर कार्की सो पार्टी परित्याग गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन ।

शनिवार इनरुवामा आयोजित कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नेताहरुले माओवादी केन्द्रका नेता चन्द्रबहादुर कार्कीलाई पार्टी प्रवेश गराउदै स्वागत गरेका हुन ।

२०६० सालदेखि २०६३ सालसम्म सुनसरीबाट पक्राउ गरि मोरङ कारागारमा जनयुद्धका सशस्त्र लडाकुका रुपमा तत्कालिन सरकारले जेलमा राखेका नेता कार्की सुनसरी माओवादी भित्रका बैचारिक ए्रव अगुवा नेताका रुपमा परिचित रहदै आएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता कार्कीले लामो समय नेकपा माओवादीको आन्दोलनमा भुमिगत हुदै जेल जिवन विताए पनि माओवादी भित्र बढदै गएको व्यत्तीवादी प्रवृति र गलत चिन्तनका कारण कम्युनिष्ट विचार सिद्धान्त समाप्त भएको ठहर गरि नेकपा एसमा प्रवेश गरेको बताए ।

275136815_4712084275586018_5918622436312117133_n

२०३७ सालमा रघुपति जुटमिलमा भएको तिन महिने भोक हडतालको अगुवाई गरेका नेता कार्कीले गणतन्त्र र समाजवाद स्थापनाका लागि हजारौ हजार नेता कार्यकर्ता र लाखौ जनताले गरेको सधर्ष माओवादीले सत्ता प्राप्तीका लागि बिर्सेकाले आफुले अहिलको परिवेशमा नेकपा एसलाई सहि ठहर गरि प्रवेश गरेको बताए ।

नेकपा एस सुनसरीका अध्यक्ष गोविन्द निरौलाले कम्युनिष्ट आन्दोलनमा उहाँले पु¥याएको योगदानको कदर गर्दै प्रदेश कमिटीको सल्लाहकारमा जिम्मेवारी दिएर पार्टीमा उहाँलाई सम्मान गरिएको बताए ।

कार्यक्रममा नेकपा एसका पोलिटव्युरो सदस्य तथा सुनसरी इन्चार्ज महफुज आलम अन्सारी, केन्द्रिय सदस्य केशव विष्ट, केन्द्रिय परिषद सदस्य शम्भुप्रसाद आचार्य, सागर तिम्सीना, सिताराम घिमिरे, सिएन पाठक प्रदेश तथा जिल्ला नेताहरुको सहभागीता रहेको थियो ।