बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर २ देशकै पहिलो स्वास्थ्य बिमायुक्त वडा घोषणा भएको छ ।वडा अध्यक्ष हरिकृष्ण भट्टराईले वडामा करिव ९६ प्रतिशत वडावासीलाई बिमा गराएर वडालाई पूर्ण स्वास्थ्य बिमायुक्त वडा घोषणा गरिएको जनाइएको हो ।
शुक्रवार एक कार्यक्रमका बीच देशकै पहिलो स्वास्थ्य बिमायुक्त वडा घोषणा गरिएको हो । स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत नमुना स्थानीय तह घोषणा कार्यबिधि २०७८ को परिच्छेद २ को बुदा को ९‘ख’लाई आधार मानी स्वास्थ्य मन्त्रालयका प्रमुख बिशेषज्ञ तथा स्वास्थ्य बिमा बोर्डका पुर्ब कार्यकारी निर्देशक गुणराज लोहनीले बराहक्षेत्रको नगरपालिकाको २ नम्बर वडालाई देश कै पहिलो पुर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा गरेका हुन् ।
चतरा अस्पतालको सभाहलमा आयोजना भएको उक्त घोषणा कार्यक्रम वडा नम्बर २ का अध्यक्ष समेत रहेका चतरा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण भट्टराईको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष भट्टराईले वडाको महत्त्वपूर्ण योजना सफल गर्न पाउँदा खुसी लागेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि लोहनीले बराहक्षेत्र वडा नम्बर २ देशभरको वडाकालागि अध्ययन गर्न थलो बताउँदै अस्पतालले दिने सेवाहरुलाई स्वास्थ्य बिमा कार्यक्रमले थप मजबुत र सुधार गर्ने तर्क गरे । नेपालका ६ हजार ७ सय ४२ वराहक्षेत्रको वडा नं २ स्वास्थ्य सेवाको रुपमा नमुना वडा भएको उनले बताएका थिए ।
स्वास्थ्यको पहुँचसम्म पुग्न आर्थिक अवस्था बाधक नबनोस भन्नेर बिमालाई प्रथामिकता राखेको सबै वडाबासीहरुलाई बिमा गराउने वडा नम्बर २ लागि परेको चतरा अस्पतालका व्यवस्थापन डाक्टर अनिल गिरिले बताए ।
कार्यक्रममै अस्पतालका कर्मचारीद्बय सुकुमाया लिम्बू र उत्दव खतिवडालाई नगद १०–१० हजार सहित सम्मान पत्र सहित उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा अस्पतालका पूर्वअध्यक्ष तथा सदस्यहरु, पूर्व प्रमुखहरु, सहयोगी संघ, संस्था, ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।