सुनसरीः पूव प्रधानमन्त्री एमवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले पल शाह प्रकरणमा टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल (ट्वीटर) मार्फत भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले नाबालिक गाइकाप्रति सहानुभूति प्रकट गरेका छन् । उनले सामन्ती पितृसतात्मक मानसिकता बोकेर पिडकको पक्षमा लाग्नु गलत भएकोसमेत बताएका छन् । ‘नाबालिक किशोरीको यौनशोषण सम्बन्धी अति सम्वेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति÷समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो ।’ उनी भन्छन् ।

पलको पक्षमा भइरहेको प्रदर्शन र सामाजिक सञ्जालमा पलप्रतिको समर्थनलाई लक्षित गर्दै उनले भनेका छन् । ‘लोकतन्त्रमा अन्ततः न्यायिक फैसला सबैले मान्नैपर्छ तर शुरूमै न्याय प्रभावित नहोस ।’