इटहरीः ०७४ को स्थानीय तहको निर्वाचनको धङधङ्गी विस्तारै हराउँदैछ तर अर्को स्थानीय तहको निर्वाचन निकै नजिक आएको छ ।

निर्वाचन नजिकिएको सन्दर्भमा हामीले इटहरी उपमहानगरको वडा नम्बर ४ मा अघिल्लो स्थानीय तहको निर्वाचन कस्तो बनेको थियो । कसले कति मत ल्याएका थिए भनेर हाम्रा पाठकलाई सम्झाउने प्रयत्न गरेका छौँ ।

२०७४ सालमा भएको अघिल्लो स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिका वडा नम्बर ४ वाट ८ जनाले वडा अध्यक्षको दावी गरेका थिए । ८ जनाले कम्तीमा ८ मत देखि बिजयी उम्मेद्वारले २२०३ मत सम्म ल्याएका थिए ।
०७४ को निर्वाचनमा इटहरी ४ बाट दिल कुमार राई स्वतन्त्र उम्मेद्धवार थिए भने अन्य ७ जना बिभिन्न पार्टीको प्रतिनिधित्व गरेर टिकट पाएर चुनावी लडाईमा सामेल भएका थिए ।

वडा अध्यक्षको प्रतिस्पर्धीमा एमाले र काँग्रेस पार्टीमा उम्मेद्वार देखिएका थिए भने लडाईमा भने नयाँ शत्ति पार्टीका गणेश लुइटेल, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिककी चिना खवास नेपाल परिवार दलका परमेश्वर यादव पनि सामेल थिए । उनिहरुले क्रमश ४२,४४ र ४७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी अघिल्लो स्थानीय तहको निर्वाचनमा होमिएका राप्रपाका तिर्थ प्रसाद भट्टराइले ११९ मत प्राप्त गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी माओवादीका उम्मेद्वार कविन्द्रबहादुर केसीले ५१० मत प्राप्त गरेका थिए । वडा अध्यक्षमा विजयी उम्मेद्धवार नेकपा एमालेका चन्द्रप्रसाद भट्टराई हुन् । भट्टराईले २२ सय ३ मत प्राप्त गरे भने तिव्र प्रतिस्पर्धी बनेका नेपाली काँग्रेसका कमल कुमार राईले १ हजार ४ सय ४५ मत प्राप्त गरेका थिए ।

सदस्य तर्फ वडाकै बढि मत महिला सदस्य लक्ष्मी चापागाईले पाएकी थिइन् । चापागाईले २३९८ मत प्राप्त गरेकी थिइन् । सदस्यहरुमा नेकपा एमालेका डिक बहादुर राई र एमालेकै शान्तिराम गौतमले जित हासिल गरेका थिए । सदस्यमा १४ जनाको प्रतिस्पर्धा भएको थियो ।