विराटनगरः मोरङको ग्रामथान गाउँपालिका ४ स्थित मोतिपुर तेतरिया सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भने १ जना घाईते भएका छन । मृत्यु हुनेमा ग्रामथान ४ का २५ बर्षीय सुदिप बिश्वास रहेका छन् ।
सोमबार दिउँसो सवा २ बजे प्रदेश १ -०२-००१ ख ९१२० नम्वरको टिपरलाई ओभरटेक गर्ने क्रममा को २९ प ९५६० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक ग्रामथान ४ का २५ बर्षीय बिवेक माझी थारु र पछाडी सवार रहेका सुदिप बिश्वास घाईते भएका थिए ।
उनिहरुलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारका क्रममा बिश्वासको मृत्यु भएको हो ।उक्त टिपर र चालक मोरङ कटहरी २ का आनन्द कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।