काठमाडौंः बिगत आधा दशक देखि गायनमा सक्रिय रहँदै आएकी गायिका हुन सरिता भारती । हिन्दुहरुको महान चाड शिवरात्रीलाई लक्षित गरेर गायिका सरिताले यतीबेला शिब अबतारमा फोटो सेसन गरेकी छिन् ।

त्यसो त सरिताले यो अबधिमा डेढ दर्जन भन्दा बढी गीतहरु दर्शक श्रोतामाझ ल्याईसकेकी छिन् । पाँच वर्ष अघि मेरो जवानी...लोकपप गीत बजारमा ल्याएपछि उनका गीतहरु बजारमा नियमित आएका छन् ।

sarita bharati shoot (2)

लुँडो र तास..., पहिलो भेटमै..., यसपालीको दशैं..., रातो सारी लरक्कै, बजाई देउन बाजा..., हे गाजली..., असारै मास(झरी), चिया पकाउ...जस्ता विभिन्न चर्चित गीत बजारमा ल्याईसकेकी सरिताको थप नयाँ दुई वटा गीतहरु रेकर्ड भएका छन् । उनका ती नयाँ गीत चाँडै नै बजारमा आउँदैछन् ।

उनै गायिकाले यो पटकको शिबरात्रीको अबसर पारेर शिब अबतारमा फोटो सुट गराएकी छिन् । गायनसँगै पछिल्लो समय मोडलिङमा समेत ब्यस्त सरिताको यी तस्बिरहरु फोटो पत्रकार बद्री थापाले खिचेका हुन् । उनलाई शिबको रुपमा चेली मेकअप स्टुडियोकी मेकअप आर्टिस्ट बिना रानामगरले तयार गरेकी हुन् । शिबरात्रीको अबसर पारेर यो फोटो सुट गरिएको गायिका सरिता भारतीले बताएकी छिन् ।

sarita bharati shoot (6) sarita bharati shoot (4) sarita bharati shoot (1)