रामधुनीः नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल रामधुनी नगर कमिटीको अध्यक्षमा मनिष काफ्ले र युथ फोर्स रामधुनीको प्रमुखमा सन्देश कोइराला चयन भएका छन् ।

शनिबार रामधुनीमा एक कार्यक्रमको आयोजना गरि युवा संघ र युर्थ फोर्सको रामधुनी नगर कमिटी घोषणा गरिएको हो ।
काफ्लेको नेतृत्वमा ७५ सदस्यीय युवासंघ रामधुनी नगर कमिटी र कोइरालाको नेतृत्वमा ५१ जनाको युर्थ फोर्स निर्माण गरिएको नेकपा एमालेका स्थानीय नेता खेमराज पौडेलले जानकारी दिए ।

युवासंघ रामधुनीको उपाध्यक्षमा प्रकाश विक, सचिवमा पर्शुराम लुइटेल, कोषाध्यक्षमा आशिष पौडेल र उप–सचिवमा राजेश गिरी तथा ओमराज चौधरी चयन भएका छन् । त्यस्तै, युथ फोर्सको उप–प्रमुखमा उमेश कार्की र निश्चल प्रधान चयन भएका छन् ।

कार्यक्रममा युवा संघका केन्द्रीय संगठन् विभाग प्रमुख तथा युर्थ फोर्स प्रमुख क्षितिज थेवे, एमाले सुनसरीका अध्यक्ष रेवती रमण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।