रामधुनीः नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य एवम् पूर्व संबिधानसभा सदस्य धर्मराज निरौलाले एमसीसी सम्झौता अस्वीकार्य भएको बताएका छन् ।

आफ्नै पार्टीको समर्थनमा एमसीसी संसदबाट अनुमोदन भएको भए पनि त्यसमा उनले असहमती जनाएका हुन् ।
सोमबार समाजिक सञ्जाल (फेसबुक) मार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन, ‘जति सिँगार र छल–छाम गरेपनी, संसदबाट जतिवटा घोषणा गरेपनि नो एमसीसी ।’
नेता निरौलाले एमसीसी सम्झौता नेपालको संविधानविरुद्ध भएको र सैन्य गतिबिधिसँग जोडिएर आएको भन्दै यसअघि पनि बिरोध जनाउँदै आएका थिए ।

संसदबाट ‘ब्याख्यात्मक घोषणा’ गरेरसम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयविरुद्ध उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । एससीसी अनुमोदनको बिषयमा पार्टी नेतृत्वको निर्णयविरुद्ध नेकपा (एस) र नेकपा (माओवादी) का तल्लो तहका नेता–कार्यकर्ताले आपत्ति जनाउँदै आएका छन् ।