इटहरीः इटहरी बासीलाई बिभिन्न वडामा भएको अघिल्लो स्थानीय तहको निर्वाचन र मत परिणामको विवरण जानकारी गराउने क्रममा यसपाला हामीले वडा नम्बर १ र ३ को मत परिणाम प्रस्तुत गरेका छौं ।

इटहरी उपमहानगरपालिकाको वडा नम्बर १ मा वडा अध्यक्षको दौडमा ४ जना प्रतिस्पर्धामा लडेका थिए । प्रतिस्पर्धामा आएका चारै जना बिभिन्न पार्टीको प्रतिनिधित्व गर्दै टिकट पाएर आएका उम्मेद्वारहरु थिए ।

इटहरी उपमहानगरको वडा नम्बर १ मा प्रतिस्पर्धा गर्नेमा नेपाल कम्युनिष्ट पार्टी माओवादी, राप्रपा , नेकपा एमाले र नेपाली काँग्रेस हुन् । जनाताले माओवादिका उम्मेद्धवार शंकर प्रसाद चौधरीलाई ८५ मत दिएर चौथो बनाएका थिए भने राप्रपाका श्याम कुमार चौधरीले २ सय २१ मत पाएर तेस्रो स्थान हासिल गरेका थिए ।

उता नेकपा एमाले र काग्रेसको भने उच्च प्रतिस्पर्धा भएको थियो । वडा नम्बर १ मा नेपाली काँग्रेसका विष्णु लाल चौधरीले ९सय ६५ मत ल्याएर वडा अध्यक्षको जित हासिल गरेका थिए भने नेकपा एमालेका लाल बहादुर लँुईटेल क्षेत्रीले ६ सय १७ मत ल्याएर प्रतिस्पर्धाबाट बाहिरिए ।

यता इटहरी उपमहानगरको वडा नम्बर ३को वडाअध्यक्षमा ५ जनाको प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा उत्रिएका पाँचै जना बिभिन्न राजनितिक दलबाट टिकट पाएकाहरु थिए । जसमध्ये सबै भन्दा कम मत नेपाल परिवार दलबाट टिकट पाएकी मीना रसाइलीले ल्याएकी थिइन भने सबैभन्दा बढि मत नेपाली काँग्रेसका बालकृष्ण विष्टले ल्याएका थिए । रसाइलीले २ मत ल्याएर पाँचौ स्थानमा थिइन भने विष्टले ११०१ मत ल्याएर वडाअध्यक्षको जिम्मेवारी पाए ।

वडा नम्बर ३ मा काँग्रेससँग तिव्र प्रतिस्पर्धामा उत्रिएको एमालेका उम्मेद्वार नन्द कुमार लिम्बुले ८ सय ४१ मत ल्याएका थिए भने तेस्रो रहेको नेकपा माओवादि केन्द्रका उम्मेद्धवार बहादुर सिंह तामाङ्गले २ सय ६५ मत र चौथो स्थानमा रहेको राप्रपाका उम्मेद्धवार श्याम बहादुर थापाले जम्मा २९ मत पाएका थिए ।