सुनसरीः नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रवासी संगठनले एमसीसी सम्झौता राष्ट्रघाती भएको तर्क निकालेको छ । प्रवासी नेपाली जनसमाज, भारतले एक बिज्ञप्ती जारी गर्दै एमसीसी गर्ने राष्ट्रघातीहरुलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएको छ ।
संघका केन्द्रिय अध्यक्ष आजात सेन थापाले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, अमेरिकाको चर्को दबाबको कारण नेपाल सरकारको कथित बहुमतले एमसीसी सम्झौता संसद्बाट पारित गरिएको छ, जुन राष्ट्रघाती छ ।
संघले देश तथा विदेशका नेपाली जनता, राष्ट्रवादी राजनीतिक दल, बुद्धिजीवी तथा बामपंथी राजनीतिक दलहरुले यसको विरोध निरन्तर गरिरहनुपर्ने निष्कर्ष समेत निकालेको छ । नेपाली स्वाधीनता र स्वतन्त्रताका लागि देशभक्त नेपालीहरुले यसको विरुद्ध संघर्ष गर्दै सम्झौता खारेज गर्न लागिपर्न समेत सबैलाई आग्रह गरेको छ ।