इटहरीः अखिल नेपाल सुकुम्बासी संघ प्रदेश एक स्तरीय अधिवेशन शनिवार इटहरीमा सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र समर्थीत अखिल नेपाल सुकुम्बासी संघ प्रदेश एकको प्रथम अधिवेशनबाट उतर बहादुर लिम्बु अध्यक्षमा विजयी भएका छन् ।

संघको प्रदेश एक उपाध्यक्षमा सुनसरीका चेतना श्रेङ्ग, उपाध्यक्षमै मोरङ्गका सुरेश किराँती, अर्को उपाध्यक्षमा बराहक्षेत्र सुनसरीका राम विष्ट चयन भएका छन् । संघको सचिवमा धरानका सुदर्शन श्रेष्ठ र सह सचिवमा विक्रम माझी चयन भएका छन् । कोषाध्यक्षमा झापाका राम लिम्बु सहित अधिवेशनले ८१ जनाको प्रदेश कार्यसमिति चयन गरेको छ ।

अधिवेशनमा प्रमुख अतिथिको रुपमा आएकी संघीय सरकारको भुमि व्यावस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले आजको घडिमा देशलाई ल्याउनको लागि नेपालले विश्वकै राम्रो संविधान बनाएको भएपनि कतिपय शहिदहरुको भावना यसमा समेट्न नसकेको स्वीकार गरेकी गरिन् ।

274281651_2761101710863390_3359335685278861941_n

“संविधान त बनाऔँ तर हामीले चाहेको जस्तो बन्यो त भन्ने सवाल उठ्न सक्छ । तर अहिले सम्म जारी भएका ७ वटा मध्ये सापेक्षमा यो आफ्नै प्रकारको मौलिकता बोकेको संविधान बनेको छ । आफुले चुनेका जनप्रतिनिधिबाट नै संविधान निर्माण गर्ने काम भयो । धेरै द्धन्द भए, नेपाली जनतालाई माथि उठाउनु पर्छ भनेर लागेकाहरुका लागि यो संविधान पर्याप्त थिएन ।

द्धन्द्ध संघर्षको विचमा सहमतिको दस्तावेजको रुपमा संविधान आयो त्यसैले यो नविनतम र प्रगतिशिल छ तर जुन हिसावको संघर्ष गरेका थियौँ त्यो हिसावले यो पुर्ण छैन ।” मन्त्री श्रेष्ठले भनिन् । संविधान जारी गर्न नसक्ने अवस्थामा आफुहरुले सम्झौताको दस्ताभेजको रुपमा ल्याइएको बताइन् ।

274792962_2180578765430437_8930270792252904883_n

संविधानमा लेखिएका कुरालाई कार्यान्वयन गर्दै जानुपर्ने आवश्यकता रहेको मन्त्री श्रेष्ठले बताइन् । कार्यक्रममा नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश सह इन्चार्ज समर, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज निर्मल बराल, प्रदेश एकका कोषाध्यक्ष गगन पुरी, प्रदेश सह सचिव रचना राई, प्रदेश सदस्य उमिता बराइली, प्रदेश सदस्य मुकेश, प्रदेश प्रयाक्सन इन्चार्ज लाल बहादुर सुस्लिङ मगर, यम बहादुर गजमेर, किसान संघका केन्द्रिय सदस्य झमक पराजुली, एकीकृत राष्ट्रिय शिक्षक संगठन प्रदेश सचिव वेचन यादव लगायतको उपस्थिती रहेको थियो ।