बेलबारीः बेलबारीकी एक जनप्रतिनिधिले आफ्नो जन्मदिनमा बिहिबार झुल वितरण गरेकी छिन् । बेलबारी नगरपालिका वडा नं ४ कि जनप्रतिनिधि आनन्द मोते(अनिशा)ले आफ्नो जन्मदिनका अवसरमा २० जना अपांगता भएका व्यक्तिहरुलाई जन्मदिनको उपहार स्वरुप झुल वितरण गरेको मोरङ नेत्रहीन संघ बेलबारीकी अध्यक्ष सीता बराइलीले बताइन् ।

जन्मदिनमा गरिने तडकभडकबाट समाजलाई परिवर्तन गर्न र गरिब र अपाङ्गता भएका व्यक्तिहरुलाई जन्मदिनमा सानो उपहारस्वरुप सम्झने प्रयास गरेको हुँ,जनप्रतिनिधि समेत रहेकी आनन्द मोतेले भनिन् । एमाले नेता डिपि राईले आनन्द मोतेको उक्त परोपकारी भावनाको प्रशंसा गर्दै उनीबाट समाजले फरक पाठ सिक्ने अवसर पाएको बताए ।


बेलबारी नगरपालिककी उपमेयर ढाकाकुमारी पराजुलीले जन्म दिवस मनाउने सन्दर्भहरुमा पश्चिमा रास्ट्रहरुको संस्कारले स्थान लिँदै गएको परिप्रेक्षमा बेलबारीकी जनप्रतिनिधि आनन्द मोतेको यो अभ्यास ज्यादै उदाहरणयोग्य भएको बताइन् । कार्यक्रम नेत्रहीन संङ्घ मोरङ बेलबारीको सभाहलमा भएको थियो।