इटहरीः प्रहरीले ब्राउन सुगर र जोख्नका लागि प्रयोग गरिने डिजिटल तराजु सहित मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १२ बाट एक जनालाई पक्राउन गरेको छ ।
पक्राउन पर्नेमा विराटनगरकै कुनाल सिंह रहेको प्रदेश एक प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कुनाललाई मंगलबार बेलुकी पौने ५ बजे विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको क्रममा सिंहलाई ब्राउन सुगर ३२ ग्राम, डिजिटल तराजु १ थान , को. ३३ प ३३१४ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो ।
प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका सिंहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।