बराहक्षेत्रः नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका ४ नम्बर वार्ड कार्यसमितिले एकैदिनमा ३ वटा टोल कार्यसमिति गठन गरेको छ । कांग्रेसको बिधान बमोजिम गठन गर्नुपर्ने टोल समिति गठनमा ४ नम्बर वार्ड कार्यसमितिले निरन्तरता दिइरहेको समितिका सभापति नुतन धामीले जानकारी दिए ।

आज (मंगलबार) भएको छुट्टाछुट्टै टोल समिति गठन अन्तर्गत पिडारी, पर्तापुर(कौवाखोज र खोरिया टोल गठन गरिएको हो ।
यसैक्रममा पिडारीमा २७ सदस्यीय समिति गठन भएको छ । समितिको सभापतिमा राम राउत, उपसभापतिद्वय सीता लुइँटेल र लक्ष्मी बस्नेत थापा, सचिवद्वय सुवास रिजाल र मन्दिरा थापा, कोषाध्यक्ष रिता चौधरी र सहसचिवमा दिपेश घिमिरे रहेका छन् ।

यस्तै, सदस्यहरुमा गोपाल थापा, पार्वती शाह, नारायण खड्का, रामलाल चौधरी, मातृका धिमाल, उषा पराजुली, पुष्पलाल लुइँटेल, शोभा सापकोटा थापा, मन्जु लुइँटेल, सावित्री निरौला, लाभेस पराजुली, बिपना श्रेष्ठ, कल्पना थापा, पोषण चौधरी, केशब खड्का, शशी मेहता, अनिश बस्नेत, सिर्जना चौधरी, सीता बस्नेत, कमला कार्की र दिवन खत्री रहेका छन् । पिडारी बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल बस्ने गाउँ भएकाले समेत विशेष रूपले हेरिन्छ ।

पिडारीस्थित कमल पोखरीमा भएको गठन कार्यक्रममा समितिले आफ्नो टोलमा रहेका दृष्टिबिहिन बाबुराम निरौला, ९१ वर्षीय बृद्व बद्रीनाथ भट्टराई र अर्का एक बृद्वलाई खादासहित सम्मान समेत गरेको छ । बृद्वहरुको हौसला र अनुभवले समाजलाई उत्प्रेरित गरिरहेकोले समाजका गौरवको रूपमा सम्मान गरिएको बताइएको छ ।

त्यस्तै, आजै भएको पर्तापुर(कौवाखोज टोल समितिको सभापतिमा बेचन सदा चयन भएका छन् । ३१ सदस्यीय समितिको उपसभापतिमा यसोदा खत्री र भुट्टाइ चौधरी, सचिव बिनोद सदा, सहसचिव मुनेश्वर सदा र कोषाध्यक्ष रनिता सदा रहेका छन् । टोलको सल्लाहकार समितिमा राम तपेश्वर सदा, सुशिला डागी र बाबुराम सुवेदी रहेको जनाइएको छ ।

गाउँमा कांग्रेसको क्रियाकलाप देखिएपछि प्रत्येक स्थानीयहरुमा कांग्रेसप्रतिको मोह बढेको वार्ड सचिव गोबिन्द शाहले बताएका छन् ।यसैगरी कांग्रेस बराहक्षेत्र ४ वार्ड समिति निरन्तर संगठन विस्तारमा लागिपरेको समितिका सचिव सुबिन विश्वकर्माले जनाए । उनले भने, हामीले आजै तीनवटा टोल गठन गरिसक्यौं, जहाँ गएपनी कांग्रेसको जनलहर ह्वात्तै बढेको देखिन्छ ।

आजको गठन कार्यक्रममा समितिका उपसभापति भुपाल खड्काको सभादक्षयतामा महाधिवेशन प्रतिनिधि शुशिला खनाल पौडेल, क्षेत्रीय सचीव १ (ख) राजेन्द्र खड्का, नगर उपसभापति र सहसचिव क्रमशः जित बहादुर कार्की (क्यान्टिन) र दिवान सिंह राई, काशीराम चौधरी लगायतका नेता तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

त्यसैगरी खोरिया टोल समितिको सभापतिमा अमर बानिया चयन भएका छन् । १६ सदस्यीय समितिको उपसभापतिद्वय पन्नालाल चौधरी र ठेकुलाल चौधरी, सचिव आशाराम चौधरी र, सहसचिव संगिता चौधरी रहेका छन् ।