शिबसताक्षीः नेकपा (एकीकृत समाजवादी) शिबसताक्षी ११ को वडा भेलाले शक्ति चाम्लिङ राईको अध्यक्षतामा ६१ सदस्य वडा कमिटी गठन गरेको छ ।
उक्त कमिटीको उपाअध्यक्षहरुमा पुर्ण सोडारी, श्याम दनुवार, मनोज राई र मोहन कडरिया चयन भएका छन । त्यस्तैं, कमिटीको सचिबमा चंचल रानामगर, सहसचिबमा शान्ति थिङलाब्, शिनेश शाहा, रामखतिवडा चयन भएका छन ।
शिबसताक्षी नगर कमिटी अध्यक्ष नबिन इजमको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी पार्टीका जिल्ला सचिब मणी मण्डारीले केपी ओलीले पार्टी राजा ज्ञानेन्द्रलाई बुजाउन लागेपछि पार्टी बचाउन बिद्रोह गर्नु परेको बताए । उनले आउदै गरेको स्थानीय तहको निर्बाचनमा आफ्ना उमेद्धारहरुलाई बिजयी गराउन सबै एक ढिक्का भएर लाग्नु पर्ने बताए ।
शिबसताक्षी ११ दुधेस्थीत संयुक्त भुपु सेनिक संघको सभाहलमा आयोजीत भेलामा पाटीका २ नम्बर अध्यक्ष कृष्ण कुमार राई, ७ नम्बर वडा अध्यक्ष पु्र्ण लवती, नगर उपाध्यक्ष खड्का खापुङ, जिल्ला कमिटी सदस्य ताराप्रसाद गौतम, सामजबादी प्रेस संगठन झापा अध्यक्ष अनिलदेब राई, युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा झापा इन्चार्ज खगेन्द्र बाराकोटी लगायतले शुभकामना मन्तब्य बोलेका थिए ।
कार्यक्रममा पार्टीका कमल गाउँपालिका कमिटी उपाध्यक्ष खेमनाथ गुरागाई, युवा संघ नेपाल झापाका सदस्य दीपक खनाल, युवा नेता घनश्याम रिसाल, पत्रकार गोविन ल्वागुन, जिल्ला सदस्य तथा कार्यक्रम व्यवस्थापन प्रखुम सनम इजमको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन नगर सचिब शान्तिराम न्यौपानेले गरेका थिए ।