इटहरीः गत मंसिर ३ गते धरानबाट हराएको स्कुटर सहित बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ का अटल राई आइतबार पक्राउ परेका छन् ।

धरानकी टिनु बज्राचार्यको को ३१ प २४४ नम्बरको स्कुटर सहित २७ बर्षीय राईलाई प्रहरीले बराहक्षेत्रबाट पक्राउ गरेको हो । सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी प्रहरीले शिवसताक्षी नगरपालिका– ९ का २१ बर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका –६ का २७ बर्षीय दिलिप लिम्बु लाई पनि पक्राउन गरेको छ ।

भण्डारी र लिम्बु माघ १८ गते मोरङको सुन्दरहरैचा नगरपालिका–९ मा सुर्य कट्टेलले संचालन गर्दै आएको किराना पसलमा चोरी गरी फरार रहेका भएका थिए । उनिहरुलाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश एक प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पसलमा बिक्रीको लागी राखिएको रिचार्ड कार्ड लगायत अन्य समान सहित १ लाख ५० हजार बराबरको समान चोरी भएको भन्ने सूचना पाए संगै चोरीमा संग्गल्नहरुको खोजतलास गर्ने क्रममा दुबै जना पक्राउ परेको प्रहरीको भनाई छ ।

प्रहरीले उनीहरुको साथबाट प्रहरीले ४९ हजार ८ सय बराबरको एनसेलकोे रिचार्ज कार्ड र नगद रू २५ हजार समेत बरामद गरेको छ । चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।