रामधुनीः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुनसरीको रामधुनी नगर कमिटीको कार्यालय उद्घाटन गरेको छ ।

पार्टीका पोलिटब्यूरो सदस्य धर्मराज निरौलाले सोमबार नगर कमिटीको कार्यालय उद्घाटन गरेका हुन् ।कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता निरौलाले नेकपा (एस) ले अन्य पार्टीको तुलनामा राम्रो काम गरेर देखाउँनुपर्ने दाइत्व रहेको बताएका छन् ।

फरक प्रशंगमा बोल्दै उनले अहिले चर्चा र विवादमा रहेको एमसीसी सम्झौता राष्ट्रहीत विपरित भएको र यसले नेपालको असंलग्न परराष्ट्र नीति खण्डित गर्ने बताए ।

कार्यक्रममा पार्टीका सल्लाहकार समिति सदस्य केपी सापकोटा, पार्टी जिल्ला अध्यक्ष गोविन्द निरौला लगायतको उपस्थिति रहेको थियो ।