रामधुनीः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य एवम् पूर्व संबिधानसभा सदस्य धर्मराज निरौलाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता सैन्य गतिबिधिसँग जोडिएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल (फेसबुक) मार्फत एक स्टाटस लेख्दै निरौलाले यस्तो बताएका हुन् । निरौलाले भने, ‘एमसीसी राष्ट्रहीतविरुद्ध छ, असंलग्न परराष्ट्र नीति खण्डित पार्दै अमेरिकासँग संलग्न गरेर घिसार्ने गरि आएको छ । असमानता र अमेरिकी सैन्य गतिबिधीसँग जोडिएर आएको छ ।’
एमसीसी नेपालको संबिधानविरुद्ध भएको निरौलाको भनाई छ । एमसीसीले नेपाली कानुनको धज्जी उडाएको र कम्युनिष्ट विरोधी कुत्सित ध्यय बोकेर आएको आरोप लगाउँदै निरौलाले भनेका छन्, ‘एमसीसी मुर्दावाद, नो एमसीसी!’