इटहरीः नेपाल रेडक्रस सोसाईटी इटहरीले आफ्नो २४ औँ साधारण सभासँगै शव वहान शुरु गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी इटहरीले खरिद गरेको नयाँ शव वहान नेपाल रेडक्रस सोसाईटी इटहरीका संस्थापक संयोजक राजेश श्रेष्ठ र सभापति विमल पौडेलले रिवन काटेर शुभारम्भ गरे ।
साधारण सभाको अवसरमा शिक्षा तथा कलाका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने दुई जनालाई नेपाल रेडक्रस सोसाईटी इटहरीले सम्मान समेत गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी इटहरी उप शाखाको २४औं वार्षिक साधारण सभाको अवसर पारेर शिक्षा क्षेत्रमा महत्पुर्ण योगदान पुर्याउने लेखनाथ घिमीरे र ललितकलाका माध्यमबाट इटहरीलाई चिनाउन महत्वपुर्ण योगदान गरेको भन्दै कलाकार विक्रम श्री लाई सम्मान गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेलको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीकी स्थापक तथा नेपाल रेडक्रसकी पुर्व केन्द्रीय उपाध्यक्ष सरला कायस्थको प्रमुख आतिथ्यमा भएको साधारण सभा सम्पन्न भएको हो ।
सोहि अवसरमा शव वाहन खरिद गर्न सहयोग गर्ने संघ संस्था , यसेस्ष्ठ तथा विशिष्ठ सदस्यहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।