इटहरीः इटहरी उपमहानगरपालिकाले एक बर्ष भन्दा लामो समयदेखि नगरकार्यपालिकाले गरेका निर्णयहरु आफ्नो वेवसाइडमा नहालेको समाचार प्रदेश पोर्टल डटकममा प्रकाशित भएपछि नगरपालिकाले आफ्नो वेवसाइडलाई अपडेट गरेको छ ।

प्रदेश पोर्टलले पारदर्र्शी प्रशासनको वकालत गर्दै हिड्ने नगरप्रमुखकै उपमहानगरले जनतालाई सुचना दिने कार्यमा कन्जुस्याँई गरेको भन्दै नगर कार्यपालिकाले गरेका हरेक बैठकहरको निर्णय आफ्नो वेवसाइटमा राख्न छाडेको समाचार प्रकाशन गरेको थियो ।

यसअघि नगरपालिकाले ०७७ पुस १६ गतेदेखि कार्यपालिकाले गरेर निर्णयहरु वेवसाइडमा नराखी गुपचुप राखेको थियो । प्रदेश पोर्टल डट कममा गत माघ २४ गते “इटहरी उपमहानगरपालिकाले नगरकार्यपालिकाले गरेका निर्णय किन राख्दैन वेवसाइडमा?” शिर्षकमा समाचार प्रकाशन भएको थियो ।

उपमहानगरले अहिले भने २०७८ असोज ५ गते सम्म बसेको कार्यपालिकाका वैठकका निर्णयहरु वेव साइडमा राखिसकेको छ भने अझै केही निर्णयहरु राख्न बाँकी नै देखिन्छन् । उपमहानगरको असोज ५ गते १०८ औँ कार्यपालिका बैठक बसेको थियो ।

गत बर्षको पुस १७ गते उपमहानगरको ९० औँ कार्यपालिकाको बैठक बसेको थियो भने त्यहाँदेखि कार्यपालिकाले गरेका कुनै निर्णयहरु सार्वजनिक गरिएको थिएन ।

273945337_624434388624352_3194024959730245873_n

उपमहानगरले यसविचमा गरेका बिभिन्न विवादित निर्णयहरुलाई छुपाउन कार्यपालिकाले गरेका निर्णयहरु सार्वजनिक नगरिएको आवाज बजारमा सुनिन थालेको थियो यद्यपि इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद सुवेदीले भने कार्यपालिकाले गरेका निर्णयहरु वेवसाईडमा नराखिने गरेको बताएका थिए ।

सर्वसाधारणले हेर्न चाहे के गर्ने त भन्ने सवालको जवाफमा हेर्न चाहानेले आवश्यक प्रक्रिया पुर्याएर कार्यालयमा आएर हेर्न सक्ने सुवेदीको भनाई थियो ।९० औँ बैठक सम्म वेवसाइटमा राखिने गरेको जानकारी गराएपछि भने प्रशासकिय अधिकृत सुवेदीले सुचना प्रविधि विभागले नभ्याएर नराखेको हुन सक्ने जवाफ दिएका थिए ।

इटहरी उपमहानगरपालिकाका सुचना प्रविधि अधिकृत ओसन कुमार चौधरीले भने कार्यपालिका सचिवालयले वेवसाइडमा हाल्नु भनेर आफुसम्म कार्यपालिकाको निर्णयहरु नल्याएका कारण वेवसाइडमा नहालिएको बताएका थिए ।