धरानः जनता समाजवादी पार्टीले आगामी स्थानीय चुनावको लागि धरान उपमहानगरपालिकाको मेयर उपमेयरको लागि संभावित उम्मेदवारको नाममाथी छलफल चलाएको छ ।
शनिवार पार्टी कार्यालयमा भएको छलफलले मेयरको लागि केन्द्रिय सदस्य भिम राई,शशी बिक,नगर अध्यक्ष ताजुप लिम्बुको नाममा छलफल चलाएको छ । त्यसैगरी उपमेयर बिना पुमा राई,दुर्गामाया लिम्बू,ऐसा सुनुवारको उम्मेदवारी बारे औपचारिक रुपमा छलफल चलाएको छ ।
बैठकमा गठबन्धनबारे पनि छलफल भएको छ । धरान उपमहानगरमा कुनै पनि पार्टीसंग गठबन्धन हुनसक्ने जसका लागि ढोका खुल्ला गरिएको छ । कुनै पार्टीसंग गठबन्धन नभएको अवस्थामा एक्लै पनि चुनाब जाने तयारीको छलफल भएको कुरा धरान नगर अध्यक्ष ताजुप लिम्बुले जानकारी दिए ।
धरानमा गठबन्धनको लागि यस अघि काङ्ग्रेस सहितको बैठक बसेका थिए । तर गठबन्धनमा काङ्ग्रेस जाने नजाने भनेर मतभेद देखिएको छ । सरकार गठबन्धन इतरले स्थानीय स्तर तहमा समेत गठबन्धन बनाएर जान सकिन्छ कि भनेर बैठक बसेको हो । आगामी दिनमा गठबन्धन गर्ने वा नगर्ने भनेर अग्रिम छिनोफानो भैसक्नुपर्ने पनि माग भएको छ ।