धरानः नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीले वडावडामा पार्टीको संगठन सशक्तिकरण र सुदृढिकरण अभियान जारी राखेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा जारी अभियान धरानको वडा नं. २० र १९ मा सम्पन्न भएको छ ।

कांग्रेसको तल्लो तहसम्मको संगठनहरुको क्षमता अभिवृद्धि गरी स्थानीय पार्टी नेतृत्वहरुलाई सांगठानिक, राजनीतिक र सामाजिक गतिविधि गर्न तथा जनमुखी कार्यक्रम गर्न उत्प्रेरित गर्दै समग्र पार्टी संगठनलाई सशक्तिकरण र सुदृढ गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको सभापति तामाङले बताए । अभियानको क्रममा धरान १९ का रुविन परियार माओवादी परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् । उनलाई सभापति तामाङले अविर र खदा लगाई पार्टीमा स्वागत गरेका थिए ।

धरान २० को विष्णुपादुकामा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि डा. तुलसी गौतमले क्षेत्रीय समितिको यस अभियानले गाउं, बस्ती र टोल–टोलमा कांग्रेसको संगठन विस्तार गर्नमा ठूलो टेवा पुगेको बताएका छन् । क्षेत्रीय सचिव केशव पुरीले पार्टीका नेतृत्व र कार्यकर्ताहरु वीचको सम्बन्ध समेतलाई अभियानले मजबुद बनाएको बताए ।

20220220_135415

पूर्व जिल्ला सचिव पदमबहादुर लिम्वुले नेता, कार्यकर्ता र संगठनलाई सशक्तिकरण गराउने यस्ता कार्यक्रम नियमित रुपले सञ्चालन हुनुपर्ने बताए । क्षेत्रीय सदस्य मचिन्द्र राईले संगठन विस्तारमा जोड दिनुपर्ने बताए । वडा सभापति इन्द्रबहादुर राईले क्षेत्रीय नेतृत्वले सशक्तिकराण अभियान लिएर गाउं टोलमा आउनाले आफुहरुलाई ठूलो हौसला र प्रेरणा मिल्नुका साथै आफुहरुको मनोवल समेत उच्च भएको बताए ।

निवर्तमान वडा सभापति राजकुमार तामाङले विष्णुपादुकामा पार्टी संगठनको इतिहास संघर्षमय रहेको भन्दै महाधिवेशनको तिक्ततालाई भुलेर सबै एक भएर संगठन निर्माणमा लाग्नुपर्ने बताए । वडा उपसभापति हेमन्त राईले सशक्तिकरण अभियानले पार्टी एकता र जागरण ल्याएको बताए ।

धरान १९ मा भएको कार्यक्रममा क्षेत्रीय सदस्य उमेश पौडेलले वडाका नेताहरुले संगठनमा राम्रो योगदान गरेको भन्दै प्रशंसा गरे । प्रदेशसभा निर्वाचन क्षेत्र १(१) का सचिव राजेन्द्र राईले पार्टीले तथ्यपरक, तार्किक र वैज्ञानिक हिसावले कार्यहरु गर्नुपर्नेमा जोड दिए । पूर्व महासमिति सदस्य राजकुमार थोप्राले महाधिवेशन पश्चात क्षेत्रीय समितिले सान्दर्भिक र समयसापेक्ष कार्यक्रम वडावडामा गरेको बताउंदै अभियानको प्रशंसा गरे ।

वडा सभापति देउमान ताप्मादेन लिम्वुले पार्टी संगठनलाई गतिशील बनाउन क्षेत्रीय सभापति तामाङलाई ज्ञापन–पत्र बुझाउंदै क्षेत्रीय समितिले पार्टीका लागि महत्वपूर्ण अभियान लिएर आएको बताए । उनले यस अभियानवाट आफुहरुलाई थप जोस, जांगर र ज्ञान आएको बताए ।

क्षेत्रीय प्रतिनिधि निर्मला गुरुङले महिलामुखी कार्यक्रमहरु पनि ल्याइनुपर्ने बताइन । वडा सदस्य विरेन्द्र लिम्वुले स्थानीय तहमा उठ्ने उम्मेदवार र पार्टी वीच राम्रो समन्वय हुनुपर्नेमा जोड दिए ।

अभियानको सहजिकरण क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान, केशव पुरी र क्षेत्रीय सह–सचिव सुमित राईले गरेका थिए भने कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सदस्य लोकमणि शर्मा, प्रदेशसभा निर्वाचन क्षेत्र १(१) का कोषाध्यक्ष रमिना सुब्बा, सह–सचिव रमिता श्रेष्ठ, प्रदेश सम्मेलन सदस्य कुशुम ओली लगायतको उपस्थिति रहेको थियो ।