इटहरीः नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका नेता तथा सांसद चन्द्रबहादुर गुरुङ्गले गछिया खोलाको छेउमा बसेका सुकुम्बासीलाई कसैले उठाउन खोजे अथवा धम्काए कुटेर पठाउन भनेका छन् ।

मोरङ्ग जिल्लाको सुन्दरहरैँचा नगरपालिकाको गछिया खोला छेउमा बसेका करिव २५ घर सुकुम्बासीलाई भेला गरेर सांसद गुरुङ्गले धनीपुर्जा खोज्दै कोही आयो भने मेरो धनिपुर्जा यहि हो भनेर आफ्नो झुप्रो देखाउन समेत आग्रह गरे ।
“तपाई सुकुम्बासीलाई कसैले उठाउन खोज्छ र धम्की दिन्छ भने त्यल्लाई कुटेर पठाउनु पुलिस लफडा मुद्धा मामिला परे मैले अराएको भन्नु” सम्बोधनका क्रममा गुरुङ्गले भने ।

आफु जनताका लागि सांसद भएको बताउँदै गुरुङ्गले केही समस्या पर्ने बितित्कै आफुलाई फोन गर्न र आफु तुरुन्त आउने प्रतिवद्धता समेत व्यक्त गरे । बषौँ देखि आश्वासनका भरमा जिविका चलाईरहेका सुकुम्बासीले सांसदको गुलियो बचन पाएपछि तालि पिटेर स्वागत गरेका थिए ।

273868496_3461048880685419_5425723624641033641_n

सुन्दरहरैँचा नगरपालिकाको गछिया खोलाको पुलको आडकोइराकी टोलमा कठिन जिन्दगी बिताई रहेका २५ घर परिवारमा झण्डै ३ सय जनसंख्यामा सुकुम्बासीहरु बसिरहेका छन् ।
त्यो बस्तिमा रहेका बासिन्दालाई सुन्दरहरैंचा नगरपालिकाले विकासको न्युनतम सेवा सुबिधा पनि नदिएको गुनासो बेला बेलामा आउने गरेको छ ।

भेलामा सुकुम्बासिहरुले आफ्नो तार जाली हालेर भत्केको ठाउं उकास्नु न त ,बाढीले काटेको स्थान पुर्नु पर्ने , खाल्डाखुल्डीमा पनि जमेर आहल भएका कारण केटाकेटी स्कूल जान नपाएको साथै दमकल,एम्बुलेन्स आउन नसकेको जस्ता समस्या सुनाएका थिए ।

भेलामा इराकी टोलकी बासिन्दा तुलामाया विकले नेता र ठूलाठालुले जे गर्दा पनि बजेट हुने हाम्रो चाहिं हालत हुने ? भन्दै संसद तथा नेता गुरुङ लगायतको टोली समक्ष गुनासो गरेकी थिइन । जवाफमा गुरुङ्गले काम हुने आवश्वासन दिएका थिए । ।

दलित मुक्ति संगठनका मोरंगका अध्यक्ष तथा नेकपा एसका जिल्ला सदस्य तिलक परियारको पहलमा शनिबार सांसद चन्द्र बहादुर गुरुङ्ग इराकि बस्तीको भ्रमणमा आएका थिए ।

भेलामा गजेन्द्र आचार्य भन्ने व्यक्ति बेलाबेलामा आउने र हप्काउने साथै र मेरा पिता पुर्खाको जग्गा हो छोड भन्दै कराउने गरेको गुनासो सुनेपछि नेता गुरुङले अब त्यस्ता मान्छे आए सबै मिलेर कुट्नु भनेका र मुद्धा मामिला अथवा झमेला आए आफुलाई सम्झना सुझाएका छन् ।

त्यहाँका १२ घर जति गरिवलाई घर बनाउन ५० हजारको दरले नगरपालिकाबाट रकम निकालेपनि जालझेल गरे प्रति ब्यक्ति ३० हजार मात्र थमाएकोबारे छानविन हुने पनि नेता गुरुङले बताएका छन ।