इटहरीः स्थानीय तहको अघिल्लो निर्वाचनमा इटहरी उपमहानगरपालिकाको उप–मेयर पदमा कस्तो रस्साकस्सी थियो भन्ने प्रसंगमा हामीले यो रिपोर्ट तयार गरेका छौँ ।

२०७४ मा भएको स्थानीय निकायको चुनावमा इटहरी उपमहानगरमा मेयर उप–मेयर दुवै एमालेको प्यालनबाट निर्वाचित भएका थिए । देश संघिय संरचनामा गएपछि पहिलो स्थानिय जनप्रतिनिधि बन्ने सौभाग्य पाएका उप–मेयरहरुले कस्तो काम गरे त्यसको समिक्षा जनताले अवश्य गर्लान् ।

देशमा नयाँ स्थानीय निकायको निर्वाचनको मिति तय भएकाले अव कस्तो जनप्रतिनिधि छान्ने भन्ने अन्यौलता र अस्तव्यस्तताबाट गुज्रिरहेको बेला प्रदेश एकको चर्चित उपमहानगर इटहरीमा अघिल्लो स्थानीय तहको चुनावमा उप–मेयर पदको कस्तो मत परिणाम थियो भन्ने जनताको भोकलाई मेटाउने हाम्रो प्रयास हो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा इटहरीमा १४ जनाले उप–मेयरको दावी गर्दै उम्मेद्धवारी दिएका थिए । १४ मध्ये ४ जना स्वतन्त्र उम्मेद्धवार थिए भने १० जना विभिन्न राजनितिक दलको झण्डा बोकेर लडाईमा उत्रिएका थिए ।
निर्वाचन आयोगले राखेको रेकर्ड अनुसार चुरे भावर राष्ट्रिय एकता पार्टीकी उम्मेद्धवार रुजा घिमिरेले जिरो मत प्राप्त गरेकी छिन् । सामान्यतया उम्मेद्धवारले आफ्नो मत त हाल्ने भएपनि घिमिरेको मत परिणाम शुन्य राखेको छ । उनि १४ जना प्रतिस्पर्धिमध्ये १४ औँ नम्बरमै परेकी छिन् ।

itahari budget.

इटहरी उपमहानगरको उपमेयरकी स्वतन्त्र उम्मेद्धवार शोभावती कुमारी चौधरीले ११ मत प्राप्त गरेकी थिइन् भने अर्का स्वतन्त्र उम्मेद्धवार नारायण दाहालले १३ मत प्राप्त गरेका थिए । बिजेताक्रम अनुसार ११ औँ नम्बरमा खम्बुवान राष्ट्रिय मोर्चा नेपालकी भद्रा कुमारी राई छिन् उनले ८७ मत प्राप्त गरेकि थिइन् । अर्का स्वतन्त्र उम्मेद्धवार कमला खतिवडाले ९१ म्त प्राप्त गरेकी थिइन भने विवेकशिल साझाका उम्मेद्धवार प्रकाश चन्द्र दर्जीले १ सय ७१ मत प्राप्त गरेका थिए ।

राजनितिक पार्टीको प्रतिनिधित्व गरेका उम्मेद्वारमा सबैभन्दा कम मत भद्राकुमारी राईको छ । इटहरी उपमहानगरको उपमेयर दावी गरेकी संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी उम्मेद्धवार गोपीमाया लिम्बुले ४ सय २८ मत प्राप्त गरेकी थिइन् । एता नेपाल परिवार दलका अशोक कुमार चौधरीले १ सय ६८ तथा संघिय समाजवादी फोरम नेपालकी उम्मेद्धवार यमुना( योसा) गुरागाईले ४ सय २८ भोट प्राप्त गरेकी थिइन् ।

मधेशी जनअधिकार फोरम नेपालकी उम्मेद्धवार सावित्रि चौधरीले १ हजार ७ सय २४ मत प्राप्त गरेकी थिइन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेद्धवार माया रायमाझीले ३ हजार ९ सय मत ल्याएर चौथौ स्थान प्राप्त गरेकी थिइन् ।
इटहरी उपमहानगरबाट तेस्रो स्थानको मतपरिणाम ल्याएर चुनाव हार्नेमा नेकपा माओवादीका भिमप्रसाद सुवेदी छन् । सुवेदीले ४ हजार ८ सय ३१ मत प्राप्त गरेका थिए । अघिल्लो स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरबाट धेरै मत ल्याएर उपमेयरको लडाई हार्ने उम्मेद्धवारमा नेपाली काँग्रेसकी बिमला शिवाकोटी छिन् । शिवाकोटीले १८ हजार ३ सय ५२ मत प्राप्त गरेकी थिइन् ।

इटहरी उपमहानगरबाट उपमेयरको लडाई जित्ने उम्मेद्धवार लक्ष्मी गौतम हुन् । गौतमले कांग्रेसकी उम्मेद्धवार बिमला शिवाकोटीलाई झण्डै साढे ३ हजार मतले हराएकी थिइन् । गौतमले पाएको जम्मा मत २१ हजार ८ सय ४२ हो । नेकपा एमालेको केन्द्रिय सदस्य रहेकी गौतम पार्टीले टिकट दिए मेयरको लडाई लड्ने तयारीमा रहेको चर्चा यतिबेला इटहरीमा छ ।