इटहरीः पत्रकारिताको क्षेत्रमा महिलालाई पनि अगाडी बढाउन प्रदेश एक सरकारले महिला पत्रकारको लागि प्रोत्साहन सहितको कार्यक्रम ल्याउने भएको छ ।
प्रदेश एक सरकारका यातायात तथा सन्चार मन्त्री उपेन्द्र घिमिरेले संचारको क्षेत्रमा लाग्ने महिलाको संख्या कम भएको भन्दै महिला पत्रकारलाई लक्षित गरेर पुरस्कार तथा प्रोत्साहनको कार्यक्रम ल्याउन प्रदेश सरकारले गृहकार्य शुरु गरेको बताएका हुन् । यहि हप्ता मोरङ्गको बिराटनगरमा आयोजना भएको समाजवादी प्रेस संगठन नेपालको पहिलो प्रदेश भेलालाई सम्बोधन गर्दै गर्दा यातायात तथा सञ्चार मन्त्री घिमिरेको यो अभिव्यक्ति आएको हो ।
प्रदेश एकको पछिल्लो मन्त्री परिषद विस्तारसँगै नयाँ मन्त्रालयको जिम्मेवारी पाएका घिमिरेले केहि दिन अघिमात्रै प्रदेशका पत्रकारहरुसँग मन्त्रालयमै अनौपचारिक भेट गरेका थिए ।
प्रदेशमा आमसंञ्चार प्रतिष्ठान आवश्यक रहेको र प्रदेशभरीका सबै संञ्चार माध्यमलाई दर्ता नविकरण जस्ता कामको लागि संघिय राजधानी जानुपर्ने बाध्यता रहेको प्रसंगलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले प्रदेश सरकारले सो कार्यको थालनी गर्ने र केहि महिनाभित्रै कानुन बनाएर कायान्वायन गर्ने बताए ।
प्रदेश सरकारले मन्त्रालय थप गरेर आर्थिक भार बढाएको बिरोध भइरहेको बेला मन्त्री घिमिरेले यहि बर्ष यातायातका क्षेत्रमा राजश्व वृ िदगर्ने र अर्को बर्ष यातायातका क्षेत्रबाट उठ्ने राजश्व दोव्वर बनाउने दावी गरेका छन् ।