इटहरीः सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर –५ बाट प्रतिबन्धित लागु औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नम्बर –५ का २८ बर्षीय सुवास राई रहेको प्रदेश एक प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
शक्रबार राती करिव ११ बजे लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएकोे प्रहरी टोलीले राईलाई उनको कोठाबाटै पक्राउ गरेको हो ।
राईको सुत्ने कोठामा खानतासी गर्दा स्पासपेन–७४२ ट्यावलेट, ट्रमाडोल–७१४ क्यापसुल र टापेन–४० ट्यावलेट गरी जम्मा १४९६ थान ट्यावलेट तथा क्याप्सुल बरामद गरीएको प्रहरीको भनाई छ । निषेधित औषधी सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्याल धरानबाट थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।