इटहरीः सुनसरी र मोरङ जिल्लामा शुक्रबार भएको छुट्टा छुट्टै दुर्घटनामा २ जना मोटरसाईकल चालकको मत्यु भएको छ ।दुवै दुर्घटना मोटरसाईकल अनियन्त्रित भएर भएको प्रहरीको भनाई छ ।

प्रदेश एक प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार शुक्रबार बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका वडा नम्बर –८ कोशी लोकमार्गमा को २० प ९८९६ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडक डिभाईडरमा ठोक्किएर दुर्घटना हुदा गम्भिर घाईते भएका मोटरसाईकल चालक बिराटनगर महानगरपालिका वडा नम्बर –१४ का ३० बर्षीय श्याम कामतको उपचारको क्रममा बिराटनगर स्थित बिराट नर्सिङ होममा मृत्यु भएको छ ।

उता शुक्रबारै मोरङको जहदा गाउँपालिका वडा नम्बर –६ स्थित भित्रि सडक खण्डमा सडक साईडमा राखेको गोरुगाडामा को ३५प ३४०५ नम्वरको मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालक विराटनगर–१९ का २६ बर्षीय लक्ष्मी सरदार गम्भिर घाईते भई उपचारको लागि कोशी अस्पताल पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेको छ ।दुर्घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।