उदयपुरः उदयपुरको बेलका नगरपालिका ८ सिरुवानीवाट ठुलो परिणामको नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध गाँजाको ओसार पसार तथा कारोवाट भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बिहिबार बिहान सवा २ बजे ४ सय केजी गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बेलका नगरपालिका ८ का २७ बर्षीय गोकुल राई, बेलका नगरपालिका ७ का २९ बर्षीय मनोज राई र बराहक्षेत्र नगरपालिका १ सुनसरीका २३ बर्षीय मनिष धामी रहेका छन् । उनीहरुलाई को १ ज २७६१ नम्बरको पिकअपमा गाँजा ओसार पसार गरिरहेको अवस्थामा पिकअप सहित पक्राउ गरिएको हो ।
उनिहरुको साथबाट प्रहरीले नगद त्रिसठ्ठी हजार पचिस रुपैँया समेत प्रहरीले बरामद गरेको छ । गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।