बराहक्षेत्रः नेपाली कांग्रेस सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा महासमिति सदस्य चयन गरिएको छ । कांग्रेसको विधान बमोजिम २६ जना महाधिवेशन प्रतिनिधिमध्ये ११ जनालाई महासमिति सदस्यमा सर्वसम्मत चयन गरिएको क्षेत्रीय सचीव केशब पुरीले जानकारी दिए ।
आज (बिहीबार) बसेको क्षेत्रीय समितिको बैठकले महासमिति सदस्य चयन गरेको हो । चयन हुनेहरूमा चन्द्र प्रसाद श्रेष्ठ, उमेश थापा, विनोद राई, तिलक राई, सुवास राई, पर्वत राई, जगत बहादुर कार्की, सन्तोष विक, कृष्णकला मादेन, श्याम रेग्मी र ममता तामाङ रहेका छन् ।
सुनसरीमा संस्थापन इतर (शेरबहादुर देउवा इतर) पक्षको दबदबा रहेको मानिने यस् क्षेत्रले कांग्रेसभित्र गुट नरहेको सन्देश दिएको छ । कांग्रेसको १४ औं महाधिवेशन ताका चुनाव लडेका संस्थापन र इतर गरि दुबै पक्षका महाधिवेशन प्रतिनिधिहरु महासमिति सदस्यमा सर्वसम्मत चयन भएपछि यस् क्षेत्रको कांग्रेसभित्र गुट नरहेको बुझिएको छ ।