इटहरीः नेकपा एमाले सुनसरीले आफ्ना विभिन्न २४ बिभागमा जिल्लाका नेताहरुलाई बिभागीय प्रमुखहरू तोकेको छ । बुधबार सम्पन्न पार्टीको दोस्रो पूर्ण बैंठकले बिभागीय जिम्मेवारी तोकेको हो ।
एमाले सुनसरी जिल्ला कमिटीका विभिन्न बिभागीय प्रमुखहरूमा संगठन बिभाग हेर्ने जिम्मा नन्द बस्नेतले पाएका छन् । संगठन बिभागको उपप्रमुखमा बिनोदकुमार झा र सचिबमा रबि खनाल छन् ।
त्यस्तै प्रचारप्रसार बिभागको जिम्मेवारी राम कोइरालाले पाएका छन् । कोइराला पार्टी को उप सचिव हुन । त्यस्तै प्रचारप्रसार बिभागको उपप्रमुखमा सबित्रा राई र सचिबमा सुभद्रा प्याकुरेल छन् ।
नेकपा एमाले सुनसरीको पार्टी स्कुल बिभागमा योग्यराज खड्का प्रमुख छन् भने इन्द्रकला राई उप प्रमुख र सालिकराम ढकाल सचिब चयन भएका छन् ।स्कुल बिभागमा ६ जना सदस्य समेत छन् ।
एमालेले बित्त तथा कोष ब्यवस्थापन बिभागमा निलम खनाललाई प्रमुख बनाएको छ । सोही विभागको उपप्रमुखमा सुवास लम्साल र सचिबमा पेसल पौडेल छन् । बित्त बिभागले अर्थ तथा योजना समेत हेर्ने गरि ५ जना सदस्य समेत तोकिएको छ ।
जिल्लाको उद्योग वाणिज्य तथा आपूर्ती बिभागको प्रमुखको जिम्मेवारी केदार लामिछानेले पाएका छन भने यो बिभागमा २ जना उपप्रमुख तोकिएका छन् । २ जना उपप्रमुखमा सुशिल शाह र बिश्वनाथ ठाकुर तोकिएका छन् । यो बिभागको सचिबमा ज्ञानमणि दाहाल चयन भएका छन् ।
एमाले सुनसरीले उपभोक्ता हित संरक्षण तथा सुशासन बिभागमा अम्बिका चौधरीलाई जिम्मेवारी दिएको छ भने यसको उपप्रमुखमा ज्ञानु कार्की र सचिबमा सुबास कार्की चयन भएका छन् ।
यस्तै पार्टीको कृषि तथा प्रबिधि र भुमि ब्यवस्था बिभागको जिम्मेवारी पनि निलम खनालले पाएका छन् । खनाल बित्त ब्याबस्थापन बिभागमा पनि प्रमुख छन् । उनि पार्टीका जिल्ला उपाध्यक्ष पनि हुन् । कृषि तथा प्रबिधि बिभागको उपप्रमुखमा जय प्रकास राई र सचिबमा लोकेन्द्र सन्जेल चयन भएका छन् ।
त्यसै गरि युबा तथा खेलकुद बिभाग प्रमुखको जिम्मेवारी आशाराम चौधरीले पाएका छन् । सो बिभागको उपप्रमुखमा ईश्वर बिक्रम शाह र सचिबमा बिक्रम लिम्बु चयन भएका छन् ।
सहकारी तथा गरिबी निवारण बिभागमा सोम बहादुर श्रेष्ठ प्रमुख भएका छन् भने उपप्रमुखमा हिरादेवी ओझा कार्की र सचिबमा गङाप्रसाद दाहाल चयन भएका छन् । पार्टीले आफ्नो कानुन तथा मानब अधिकार बिभागको प्रमुखमा हेमराज सुवेदी उपप्रमुखमा मौसम राइै र सचिबमा प्रदिप काफ्ले चयन भएका छन् ।
यसै गरि एमाले सुनसरीले पार्टीको खानेपानी तथा सरसफाई बिभागको प्रमुखमा हरि कटुवाललाई चयन गरेको छ भने उपप्रमुखमा आरती भट्टराई र सचिबमा डिसी चौधरीलाई चयन गरेको छ ।
निर्वाचन बिभागको प्रमुख , उपप्रमुख र सचिबमा क्रमशः पदमप्रसाद लिम्बु, गणेश प्रधान र गोविन्द मिश्र चयन भएका छन् । निर्वाचन बिभागमा अन्य ७ जना सदस्य समेत छन् । उता पर्यटन बिभागको प्रमुखमा रबिन अधिकारी उपप्रमुखमा भुबन हाङमाङ र सचिबमा रबिन(देवी) गौतम चयन भएका छन् ।
यता महिला बिभागको प्रमुखमा कानुन अधिकारी , उपप्रमुखमा सिर्जना नेपाली र सचिबमा यशोदा कायस्थ चयन भएका छन् । पार्टीको भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था बिभागको प्रमुखमा राजमणि निरौला चयन भएका छन् भने उपप्रमुखमा टिका न्यौपाने र सचिवमा जिवि खड्का चयन भएका छन् । एमालेले वन तथा वातावरण बिभागको जिम्मेवारी केशव गौतमलाई दिएको छ भने केशव पछि उपप्रमुखको हैसियतमा जसरथ थलङ् र सचिवमा कृष्ण काफ्ले रहेका छन् ।
उता विज्ञान सुचना तथा प्रविधि बिभागको प्रमुखको जिम्मेवारी कृष्ण प्रसाद भट्टराईले पाएका छन् । सो विभागको उपप्रमुखमा होमनाथ धमला छन् भने सचिवमा विवेक श्रेष्ठ चयन भएका छन् । त्यसैगरी शिक्षा तथा मानव श्रोत विभागको प्रमुखमा अनिता गुरागाई, उपप्रमुखमा हिरादेवी ओझा कार्की र सचिवमा सन्तोष कोईराला चयन भएका छन् ।
पार्टीले सामाजिक सुरक्षा तथा समाज कल्याण बिभागको प्रमुखमा हरि पोखरेल, उपप्रमुखमा प्रल्हाद कार्की र सचिवमा यादव नेपाल चयन भएका छन् । उता नेकपा सुनसरीले सामाजिक सेवा विभागको प्रमुखको जिम्मेवारी विवि सुव्वालाई दिएको छ भने उपप्रमुखको जिम्मेवारी लीला राई र सचिवमा यादव नेपाल चयन भएका छन् ।
पार्टीले शहरी विकास विभागको जिम्मा नरेश इवारमको नेतृत्वलाई दिएको छ । शहरी विभागको उपप्रमुखको जिम्मेवारी टेक बहादुर तामाङ र सचिवको जिम्मेवारी राजेश लम्सालले पाएका छन् ।
एमालेको स्थानीय विकास बिभाग रामधुनी नगरपालिकाकी उपमेयर सविना चौधरीको नेतृत्वमा छ । स्थानीय विकास विभागको उपप्रमुखमा कल्याण बहादुर कार्की, सचिवमा भजन पौडेल चयन भएको छन् । स्थानीय विकास बिभागले ५ जना सदस्य समेत तोकेको छ । यसैगरी स्वास्थ्य जनसंख्या बिभागको जिम्मा सावित्रा परियारले पाएकी छन् ।
यो विभागको उपप्रमुखमा सरोज गिरि रहेका छन् भने साहित्य कला तथा संस्कृती बिभागको नेतृत्व अर्जुन दाहालले गरेका छन् । यो बिभागको उपप्रमुखमा तारा थापा र सचिवमा टिका आत्रेय रहेको पार्टीले जनाएको छ ।