रामधुनीः नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको बुधबार सम्पन्न पूर्ण बैठकले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले निर्णय गर्नुपूर्व आफुखुसी उम्मेदवारी घोषणा गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।
जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार पार्टी जिल्ला उपसचिव एवं प्रचार विभाग प्रमुख राम कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि नेता कार्यकर्ताले पार्टीले निर्णय गर्नु अगावै उम्मेदवारी घोषणा गर्ने, आफुलाई केन्द्रमा राखेर प्रचार गर्ने लगायतका अनुशासनहीन हर्कत गरेको थाहा पाएमा त्यस्ता उम्मेदवारलाई सम्भावित उम्मेदवारीको सुचिबाटसमेत हटाउँने निर्णय गरियो ।’
बैठकले बर्तमान सरकारको अकर्मयताका कारण मूलुकको अर्थतन्त्रमा आएको गिरावटप्रति खेद प्रकट गरिएको छ ।
त्यस्तै, न्यायलय लगायतका संबैधानिक अंगहरुलाई संबिधानमा ब्यबस्था भएबम्मोजिम सञ्चालन हुने वातावरण बनाउँनसमेत वर्तमान सरकारसँग एमाले सुनसरीले माग गरेको छ ।
बैठकमा किसानका समस्यादेखि पेट्रोलिम पदार्थको मुल्यवृद्धिको बिषयमासमेत छलफल भएकोे छ । ‘मलखाद तथा विउ विजनको कहालीलाग्दो समस्या तत्काल समाधान गर्न बैठकले माग गरेको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘पेट्रोलिम पदार्थ लगायतका दैनिक जिविकोपार्जनमा आवश्यक पर्ने खाद्यान्न लगायतका अति आवश्यक बस्तुमा भएको मुल्य वृद्धि तत्काल घटाउँन समेत बैठकले सरकारसँग जोडदार माग गरेको छ ।’