रामधुनीः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सुनसरी जिल्ला कमिटी सदस्यसमेत रहेका शंकरलाल चौधरीलाई रामधुनी नगर इन्चार्जको जिम्मेवारी दिएको छ ।
त्यस्तै जिल्ला कमिटी सदस्य द्वय रुद्रबहादुर बस्नेत र डेगराज फुयाललाई सह–इन्चार्जको जिम्मेवारी दिएको छ । बुधबार बसेको पार्टी जिल्ला कमिटी सुनसरीको दोस्रो पूर्ण बैठकले रामधुनी नगर इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी टुंगो लगाएको एमाले जिल्ला कमिटीका उप–सचिव राम कोइरालाले जानकारी दिए ।