इटहरीः नेपाल कम्युनिष्ट पार्टी एमालेले सुनसरी जिल्लाभर रहेका पार्टी कार्यकर्ता को काम बिभाजन गरेको छ ।

बुधबार सम्पन्न पर्टीको दोस्रो जिल्ला कमिटिको पूर्ण बैंठकले कामको बिभाजन गरेको हो । नयाँ बिभाजन अनुसार भु–भागको आधारमा हरेक पालिकामा एक जना इन्चार्ज र २ जना सह–इन्चार्ज तोकिएका छन् ।

पार्टीको धरान उपमहानगरपालिकाको इन्चार्जको जिम्मेवारी नारायणप्रसाद सुबेदीले पाएका छन् भने सह–इन्चार्जमा जयन्त गौतम र ऋषिराज राईले जिम्मेवारी पाएका छन् ।

इटहरी उपमहानगरपालिकाको इन्चार्जको जिम्मेवारी जिल्ला अध्यक्ष समेत रहेका रेवतीरमण भण्डारीले पाएका छन् भने सह–इन्चार्जमा क्रमश बन्नुलाल चौधरी र बिष्णु शर्मा नेपालले जिम्मेवारी पाएकी छन् । उता बराहक्षेत्र नगरपालिकामा इन्चार्जको जिम्मेवारी रुद्र दाहालले पाएका छन् भने सह–इन्चार्जको जिम्मेवारी कविता गोलेले पाएकी छन् । बराहक्षेत्रमा एउटा सह–इन्चार्जको पद खाली राखिएको छ ।

cpn umal sunsari 2

यता रामधुनी नगरपालिकाको इन्चार्जको जिम्मेवारी शंकरलाल चौधरीले पाएका छन् । सह–इन्चार्जको जिम्मेवारी रुद्र बस्नेत र डेगराज फुयालले पाएका छन् ।उता इनरुवा नगरपालिकामा इन्चार्जको जिम्मेवारी पर्शुराम यादवले पाएका छन् । सोही नगरपालिकामा सह–इन्चार्जको जिम्मेवारी बिदुर सुवेदी र लक्ष्मण कार्कीले पाएका छन् ।

दुहबी नगरपालिकाको इन्चार्जको जिम्मेवारी राजन बस्नेतले पाएका छन् भने सह–इन्चार्जको जिम्मेवारी आबिद हुसेन र महालक्ष्मी शाहले पाएका छन् ।एमालेको कोशी गाउँपालिकाको इन्चार्जको जिम्मेवारी तारानन्द मटियतले पाएका छन भने सह–इन्चार्जको जिम्मेवारी श्यामसुन्दर सिंह र कमलेश्वरी खेरबारले पाएका छन् ।

पार्टीले भोक्राहानर्सिङ गाउँ पालिकामा इन्चार्जको जिम्मेवारी रमेश यादवलाइ दिएको छ भने डिल्लि बहादुर बिष्ट र पुनम शाहलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ ।नेकपा एमालेका अक्रम अलिले हरिनगरा गाउँ पालिकाको इन्चार्ज पाएका छन भने बासुनन्द मण्डल र सुनिता कुमारी मेहताले हरिनगरा गाउँ पालिकाको सह–इन्चार्ज को जिम्मेवारी पाएका छन् ।

cpn umal sunsari 3

सुनसरीकै देवानगन्ज गाउँपालिकामा एमालेको इन्चार्जको जिम्मेवारी देवानन्द मेहताले पाएका छन् । देवानगन्जमै सह –इन्चार्जको जिम्मेवारी महेश्वरी यादव र शोभा मेहतालाई दिइएको छ ।यसैगरी आश नारायण चौधरीलाई गढी गाउँपालिकामा एमालेले इन्चार्जको जिम्मेवारी दिइएको छ । सोही गाँउपालिकमा कुशेश्वर खेरवार ,शिब नारायण मेहता र सरस्वती कुमारी चौधरीलाई सह इन्चार्जको जिम्मेवारी दिइएको छ । सो गाँउपालिकमा ३ जनालाई सह इन्चार्ज बनाइएको छ ।

सुनसरीको बर्जु गाउँपालिकाको इन्जार्चको जिम्मेवारी बिनोद चौधरीले पाएका छन् । सोही गाँउपालिकामा सह–इन्चार्जको जिम्मेवारी सोम कुमारी गुरुङ र धर्मेन्द्र कुमार रायले पाएका छन् ।

suchi 3 suchi 1