इटहरीः सुनसरीको बर्जु गाउँपालिका १ मा बुधवार राती भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
बुधवार राती साँढे ९ बजेको समयमा बर्जु गाउँपालिका १ बुक्डरीको भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को २८ प ३८०७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालक स्थानीय २२ बर्षीय धनिलाल उराँव गम्भिर घाईते भएका थिए ।
घाईते उराँवको उपचारका क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।