रामधुनीः जनता समाजवादी पार्टी (जसपा) का बरिष्ठ नेता असोक राईले आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तहको निर्वाचन सर्न सक्ने आशंका गरेका छन् ।

मंगलबार सुनसरी प्रतिनिधिसभा क्षेत्र नं. १ मा आयोजित सुनसरी भेला कार्यक्रममा बोल्दै नेता राईले यस्तो आशंका गरेका हुन् ।

संबिधान र कानुनमा फरक–फरक प्राबधान रहेकाले कसैले सर्वोच्च अदालतमा मुद्धा हाल्न सक्ने भएकाले चुनाव प्रभावित हुनसक्ने उनको भनाई थियो ।

IMG_20220215_151339

‘संबिधान र कानुन ड्यांगै बाझिएको छ । त्यस्तो स्थितिलाई सर्वोच्च अदालतको संबैधानिक बेच्नले विवाद निरुपण गरेर संबिधानको एउटा ब्याख्या स्थापित गर्नुपर्ने आवश्यकता छ ।’ उनले भने, ‘यो एउटा सैद्धान्तिक कुरा हो । चुनाव घोषणन भइसकेकाले हामी त्यसको तयारीमा लाग्नुपर्छ । बैसाखमा चुनाव नभए भदौमा होला, असोजमा होला, हुनत हुन्छ ।’

स्थानीय तह निर्वाचन सम्बन्धि बिषयमा बाझिएको संबिधान र कानुनको विवाद चाडोँ निरुपण हुनुपर्ने राई बताउँछन् ।
स्थानीय तहको सरकार पनि एउटा सरकार नै नभएकाले कुनै पनि सरकार १ दिन पनि रिक्त हुन नमिल्नेसमेत उनको भनाई छ ।