बराहक्षेत्रः नेकपा एमालेका नेता उत्तमचन्द्र शाहले पार्टीले आफूलाई उमेदवार बनाउनुपर्ने माग गरेका छन् । बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ४ वडाअध्यक्षमा आफूले गत स्थानीय चुनावदेखी यसपटक दाबी प्रस्तुत गर्दै आएको शाहले बताए ।
पार्टीले पटकपटक आश्वासन मात्रै दिँदै आएको तर आफ्नो इच्छाअनुरुप काम गर्ने वातावरण तय नगरिने गरेको शाहको आरोप छ । उनी भन्छन्, यसपटकको चुनावका लागि चाहि पार्टीका साथीहरूदेखि वडाबासीहरुले समेत मलाई चाहिरहेको हुँदा पार्टीले यसबारे बिचार गर्नुपर्छ । यदि पार्टीले टिकट दिएन भने के गर्नुहुन्छ भन्ने प्रश्नमा भने उनले यसबारे अहिले नै केही नसोचेको तर आवश्यकता अनुसार अगाडी बढ्ने बताए ।
उनले ०५४ सालको स्थानीय चुनावमा समेत साविक भरौल गाविस ६ को वडा अध्यक्षको रूपमा उमेदवार भइसकेका छन् । शाह नेपाल रेडक्रस सोसाइटी भरौल उपशाखाको वर्तमान सभापति समेत हुन् ।