धरानः प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले प्रदेश १ को नामाकरणको लागि लिम्बू र राई मिल्नुको विकल्प नरहेको बताएका छन् ।

स्वास्थ्य मन्त्री यादवले धरानमा जनता समाजवादी पार्टीको सुनसरी क्षेत्र नम्बर १ को क्षेत्रीय समिति गठनको अवसरमा प्रदेश १ नामाकरण लिम्बुवान किरात के हुने भन्ने बिषयमा एक मत भएर आउनुपर्ने बताए ।

प्रदेश १ लिम्बु र राईको ऐतिहासिक निरन्तरताको आधार नामाकरण हुनसक्ने भए एक मत हुनुपर्ने बताए । अन्यथा अरु नाम पनि हुनसक्ने बताए । उनले एमालेको पनि बहुमत नपुग्ने बताए । जनता समाजवादी गठबन्धन सहितको नामाकरण नभए आफ्नै अनुसार नाम प्रस्ताव गरिने बताए ।

जनता समाजवादी पार्टीको बिषयमा आएको समाचार दुखद भएको बताए । पार्टीमा एक ब्यक्ति एक पद भएर जानुपर्ने बताए । तर केही ब्यक्ति जो पदको लालचमा मात्र लाग्ने होभने संगठन बिस्तार हुननसक्ने बताए । उनले अशोक राई उदाहरणीय ब्यक्ति भएको भन्दै पदमा मरिहत्ते नगरेकोले नै आफ्नो आदर्शको ब्यक्ति भएको बताए ।

मधेश प्रदेशपछि प्रदेश १ नै जनता समाजवादीको लागि संगठन बलियो रहेको बताए । उनले पहाडी भेगमा जनता समाजवादी पार्टीमा आकर्षण बढेको बताए । पार्टीको लागि संगठन बनाउन वड स्तरबाट नै लाग्नुपर्ने बताए । चुनावी समयमा मात्र लाग्नुभन्दा चुनाब अघि नै सुख दुखमा जोडिनुपर्ने बताए । चुनावको बेला लाखौं खर्च गर्नुभन्दा अगाडिदेखि नै हजारको खर्च गर्दा लाखौं रुपैयाको काम हुने बताए ।

मन्त्री यादबले राजनीति मार्केटिङ जस्तै भएको भन्दै जनता समाजवादीको एजेन्डा जस्तो अरु पार्टीको नभएको बताए । जनता समाजवादि पार्टीलाई अहिले मार्केटिङ गर्न सजिलो रहेको बताए ।