इटहरीः स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने तयारी निर्वाचन आयोगले गरिरहेको छ । यसो गरिहँदा अघिल्लो स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरको मुहार फेर्ने बाचा गरेकाहरु को को थिए त ? उनिहरुले के कति मत प्राप्त गरेका थिए भनेर हामीले जनतालाई २०७४ सालको निर्वाचनको झझल्को दिने जमर्को गरेका छौँ ।
इटहरी उपमहानगरमा २०७४ सालको निर्वाचनमा १५ जनाले नगरप्रमुखको दावी गरेका थिए । जसमा चार जना स्वतन्त्र उम्मेद्धवार थिए भने बाँकी बिभिन्न राजनितिक पार्टीबाट टिकट पाएका उम्मेद्धवार थिए । स्वतन्त्र रुपमा उठेका पानालाल चौधरी , ताराकुमारी काफ्ले , पदमबहादुर योन्जन र विरबहादुर काफ्ले थिए । उनिहरुले क्रमश २२, १८१, ६ र १२४ भोट प्राप्त गरेका थिए । इटहरीको मेयर पदमा स्वतन्त्र उम्मेद्धवार उठेर सबैभन्दा कम भोट प्राप्त गर्ने उम्मेद्धवार विर बहादुर काफ्ले हुन् । विवेकशिल साझा पार्टीको तर्फबाट मेयर पदकी उम्मेद्वार डा.ताराकुमारी काफ्ले पनि प्रतिष्पर्धामा थिइन् ।
यसैगरी पार्टीको टिकट पाएर सबैभन्दा कम भोट चुरेभावर राष्ट्रिय एकता पार्टीका उम्मेद्धवार राम प्रसाद रेग्मीले प्राप्त गरेका थिए । रेग्मीले जम्मा ८ भोट ल्याएका थिए । उता सबैभन्दा बढि भोट ल्याएर चुनावमा हारेका व्यक्ति रोहित प्रसाद प्रसाई हुन । प्रसाई नेपाली काँग्रेसबाट मेयर पदको लडाईमा सामेल थिए । उनले १९ हजार ९ सय ८५ भोट प्राप्त गरेका थिए भने बिजयी उम्मेद्धवार द्धारिका लाल चौधरीले २२ हजार ६ सय उनानव्वे भोट प्राप्त गरेर इटहरी उपमहानगरको मेयर बनेका थिए ।
यसैगरी भोटको आधारमा राप्रपाका रोहित बहादुर कार्र्की तेस्रो र नेकपा माओवादी केन्द्रबाट मेयरकी उम्मेद्धवार बनेकी हरिमाया जिमी चौथौ नम्बरमा थिए । कार्की र जिमीले क्रमश ३ हजार ७ सय १५ र ३ हजार ३ सय ६४ मत प्राप्त गरेका थिए ।
उता मधेशी जनअधिकार फोरमका अरुण चौधरीले १ हजार ४ सय ३७ , संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका इन्द्र बहादुर कन्दङ्गवाले ४ सय १६, संघिय समाजवादी फोरम नेपालका देवी प्रसाद खनालले ३ सय ७० , खम्बुवान राष्ट्रिय मोर्चाका मचिन्द्र राईले ८५ मत, परिवार दलकी सितादेवी ढकालले ८४ मत र राष्ट्रिय जनमोर्चाका बालकृष्ण सुवेदीले ३६ मत प्राप्त गरेका थिए ।