इटहरीः मोरङको सुनवर्षी नगरपालिका ८ बाट  खैंरो  हिरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुनवर्षी १ का २३ बर्षीय बिनोद तामाङ रहेका छन् ।

सोमबार राती पौने ७ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ती टोलीले पैंदल यात्री तामाङलाई शंका लागि चेक जाँच गर्दा निजले प्लास्टिकमा पोको पारी शरिरमा लुकाई राखेको १ ग्राम ७४० मिलिग्राम खैंरो  हिरोईन बरामद भएको हो ।

प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।