फिक्कलः नेकपा एकिकृत समाजवादीका बरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री झलनाथ खनालले भोका स्यालको शैली देखाउन सर्तहरु नै अध्ययन नगरी एमसीसीको पक्षमा लागेको आरोप लगाएका छन् । उनले विश्वको ३८ भन्दा बढि देशले अमेरीकी सर्तहरु अस्विकार गरेको अवस्थामा नेपालका स्याल प्रवृतिका नेताहरुले अस्थिती अध्ययन नै नगरी एमसीसीको आवश्यकतालाई ध्यानमा नराखी सम्झौता अघि बढाएको उल्लेख गरेका हुन् ।
इलामको सूर्योदय नगरपालिकाका आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले देश संविधान निर्माणको प्रक्रियामा रहेको बेला केही नेताहरुले विना छलफल नै एमसीसी अघि बढाएको बताए । ‘ हामीले कस्ता सर्तहरुमा जान उपयुक्त हुन्छ हुदैन भन्ने छलफल नै नगरी कस्तो बेलामा भन्दा देश संविधान निर्माणको केन्द्रित भएको बेला साँसद, सरकार र राजनितिक दल केन्द्रित भएको बेला आफ्ना समर्थकहरुलाई राखेर नेपालले नै अध्ययन गरेर जस्तो पारेर एमससी सम्झौता २०१७ मा गराए ।’
खनालले भने ‘ यो सुरुवात चाहि डाक्टर भनिने बाबुराम भट्टराईको पालाबाट सुरु भएका रहेछ । डा बाबुराम भट्टराईलाई चिठी लेख्न लगाए उनले ल्याउनुपर्छ भनेर लेखे । सम्भवत त्यही कारण उनी टाउको टेकेर एमसीसी ल्याउनुपर्छ भन्छन् । एमसीसी भित्र के सर्त छ भन्दा बोल्दैनन् केही छैन भन्छन् ।’
उनले सन् २०१७ मा सम्झौतामा कयौ कुराहरु संसोधन भएकोे जिकि गरे । खनालले चिठ्ठीपत्रहरु आदान प्रदान हुनुका साथै त्यसकै आधारमा संसोधन भएको बताए । उनले ओलीले नै एमसीसी ल्याएको बताए । उनले केपी ओलीलाई राष्ट्रिय गद्धारको संज्ञा दिँदै केहि दिन भित्रै पुष्टि समेत हुने बताए । ‘त्यतीबेला प्रश्न उठ्यो के चाहि अनुमोदन गर्ने अर्को कुरा के ल्याए भने यो सम्झौता संसदमा लगेर अनुमोदन गर्नुपर्छ भनेर ओलीले ल्याए ।’
खनालले भने ‘अमेरिकाले दबाब दिँदै रहेछ ज्ञानेन्द (ज्ञानेन्द्र कार्की) ले नै भने मलाई पनि दबाब थियो तर मैले मानिन् । केपी शर्मा ओलीले भन्ने राष्ट्रिय गद्धार हो । मैले राष्ट्रिय गद्धार भने यो कुरा पछि पुष्टि हुनेछ ।’ उनले केपी ओलीले नै नेपालको असंलग्न नीति र पञ्चशिलको सिन्द्धान्तलाई तोडेर अमेरिकी सुरक्षा छाता मुनी आइपिएसमा लगेको आरोप लगाए ।
‘अमेरिकी कमान्डले बार्षिक प्रतिवेदन प्रस्तुत गर्यो त्यहाँ के लेखियो भने नेपाल आइपिएसको सदस्य भयो । हामी छक्क पर्यौ । अमेरिकाले हावाको तालमा लेखनन् सोध्दा २ देशका विदेश मन्त्री बिचमा सम्झौता भएको बताए । ’ खनालले भने ‘केपी ओलीको पालामा मेमबर बनाएको स्पष्ट छ । असंलग्न र पन्चशीलको सिद्धान्तलाई तोडेर अमेरिकन सुरक्षा छातामुनी लग्ने काम केपी ओलीले गरेको प्रष्ट छ । ती सबै काम गर्नेले सम्झौता गरेका छन् ।’
उनले नेपालको संविधानले निर्दिष्टछ गरेको समाजवादलाई छाडेर अमेरिकी उदार लोकतन्त्रलाई अंगिकार गरेर अघि बढ्न नसकिने उल्लेख गरे । खनालले एमसीसीमा रहेको सर्तहरु लागु गरे नेपालको संविधान नै खतरामा पर्ने समेत संकेत दिए ‘त्यसमा थुप्रो सर्त रहेछ त्यसमध्ये यो सम्झौता लागु गरेका दिन उद्धार अर्थतन्त्र, उद्धार लोकतन्त्र बजार अर्थतन्त्र अथवा निजिकरणमा जानुपर्छ । हामीले संविधान बनायौ हामी समाजवाद तर्फ जान्छौ भनेर । उता अमेरिकनहरुसँग केपी ओलीले हामी उद्धार अर्थतन्त्रमा उद्धार लोकतन्त्रमा के भन्दा हामी अमेरिकी क्याम्पमा जान्छौ भनेर सर्त पालना गरेछन् ।’
खनालले भने ‘ हामी उद्धार लोकतन्त्र मान्छौ की हाम्रो संविधान मान्छौ अथवा एमसीसी मान्छौ की हाम्रो संविधान । हामी छनौट गर्नुपर्ने अवस्थामा पुगेका छौ ।’ उनले अमेरिकाको उद्धार लोकतन्त्रलाई कुनै हालतमा पनि स्विकार्य नहुने जिकिर गरे ‘ दुनियाबाट थोत्रो थाँग्ने भएको उद्धार लोकतन्त्र, अर्थतन्त्र र निजिकरण मान्दैनौ । निजिकरणले देशको बेहाल बनाएको हामीलाई अवगत छ । ’
सम्झौतामा समेत प्रोटोकल नमिलेको उल्लेख गरे । ‘ सम्झौतामा नेपालबाट अर्थमन्त्री र अमेरिकाबाट कर्मचारीले सम्झौतामा हस्ताक्षर गरेका गर्छन् प्रोटोकल समेत मिलेको छैन् ।’ खनालले भने ‘ अन्तरराष्ट्रिय सिद्धान्तले सम्झौता, सन्धी गर्दा समान रुपमा गर्नुपर्छ यताबाट मन्त्री भए उताबाट मन्त्री, सचिव भए सचिव हुन्छ । यी भोका स्यालले पढेका छैनन् उनीहरुलाई अनुदान भनेपछि कति प्रतिशत कमिसन आउनेमै ध्यान छ ।