इटहरीः नेकपा एमाले समर्थित पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल इटहरी नगरकमिटिको तेस्रो अधिवेशनबाट रेवती निरौला अध्यक्षमा चयन भएका छन् ।
सोमबार इटहरी स्थित प्रेस चौतारीको कार्यलयमा भएको अधिवेशनबाट उपाध्यषमा शैलेन्द्र चौधरी र सिमा बस्नेत चयन भएका छन् भने सचिवमा शंकर खत्री उपसचिवमा पारस सुवेदी र खगेन्द्र विक चयन भएका छन् भने कोषाध्यषमा रोजी खतिवडा र सदस्यहरुमा मिलनजन राई, सुरेश बस्नेत, सुजता घिमिरे , आशिष चौधरी, तारा भट्टराई र मनोज अधिकारी चयन भएका छन् ।
प्रेस चौतारी इटहरी नगर कमिटिको तेस्रो अधिवेशनले पत्रकारहरु पारस सुवेदी र रन्जना पौडेललाई सम्मान समेत गरेको छ । इटहरी नगरकमिटिका अध्यक्ष त्रिलोचन पौडेलको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य रामप्रसाद चौलागाई, पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्का, महासंघकै सुनसरी उपाध्यक्ष गणेश निरौला तथा प्रेस चौतारीकी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेल, समाजवादी प्रेस संगठन नेपाल सुनसरीका उपाध्यक्ष प्रकाश बञ्जरा लगायत प्रेस चौतारीका केन्द्रिय नेता तथा बिभिन्न पत्रकार संगठनका पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।