इटहरीः सार्वजनिक रुपमै विवादित अभिव्यत्ति दिने इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्धारिकलाल चौधरीलाई लक्षित गर्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनप्रतिनिधिको बोलि र व्यवहार अराजक हुन नहुने बताएका छन् ।
इटहरी उपमहानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास गर्दै एमाले नेता पोखरेलले आर्थिक गतिविधिका साथै आफ्नो व्यवहारलाई पनि ध्यान दिएर जिम्मेवारी बहन गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।
आफ्नो बोलि र व्यवहारबाट निर्वाचित भएसँगै “हिट” बनेका इटहरीका नगरप्रमुख लक्षित थियो । कार्यभार सम्हाले लगत्तै पत्रकारको नाकको डाँडी भाच्ने देखि लिएर मुखमा लोपार्ने, कार्यलयमा आएका सेवाग्राही महिलालाई दुव्र्यवहार गर्ने साथै महिलाको विरुद्ध “रण्डि जिन्दावाद ” जस्ता अपाच्य शव्द प्रयोग गर्ने यहाँका मेयरको गतिविधिसँग परिचित पार्टीका उपाध्यक्ष पोखरेलले जनताले जनप्रतिनिधिको बोली र व्यवहारको समेत अडिट गर्ने बताएका हुन् ।
पछिल्लो समय मेयर चौधरीले सामाजिक सञ्जालको प्रयोग गर्दै पत्रकारलाई मुखमा मुतिदिने जस्ता कमेन्ट गरेर चर्चा बटुल्दै आएका छन् भने उनका गतिविधिको उपमहानगरमा मात्रै नभएर देशव्यापी विरोध हुदै आइरहेको छ । मेयरका गतिविधि अपाच्य भएको तर्फ उपाध्यक्ष पोखरेलको कटाक्ष थियो । उनले एमालेबाट निर्वाचित जनप्रतिनिधिले देशभर नै सकारात्मक तरिकाले काम गरेको दाबी पनि गर्न भ्याए तर जनप्रतिनिधिले आफ्नो व्यवहार र स्वभावलाई समेत सच्याउनुपर्नेमा जोड पनि दिए ।
केहि समय अघिमात्रै आफु मेयरको उम्मेद्धवार भन्दै पार्टी अध्यक्ष केपी ओलिलाई भेट्न पुगेका नगरप्रमुख चौधरीलाई इंकित गर्दै उपाध्यक्ष पोखरेलले आफैँ उम्मेद्धवारी दिदै नहिड्न पार्टी पंतिलाई निर्देशन दिए । को को उम्मेद्धवार बन्ने भन्ने टुगोँ स्थानीय पार्टी कमिटिको सिफारिसमा केन्द्रले गर्ने भएकालेले आफैँ म मेयर म उपमेयर भन्दै नहिड्न पोखरेलको निर्देशन थियो ।
चुनावमा टिकट चाहियो भन्दै नेताको घर धाउने प्रवृति मौलाएको तर्फ इंकि तगर्दै नेता पोखरेलले कोहि पनि टिकट मिलाइदिनु पर्यो भनेर नआउन निर्देशन दिएका छन् ।
टिकटको लागि दाबी गर्नेले जनताको मत र विचारलाई पनि ध्यान दिनुपर्ने बताए । ‘जनताले हामीलाई अडिट गर्छन्, हामी पब्लिक अडिटको सामु उभिनुपर्छ,’ उपाध्यक्ष पोखरेलले भने । जननिर्वाचित भएपछि सँधै जनताको लागि ं तयार रहनपर्ने बताउँदै समेत बताए , जनताले गर्ने अडिट ‘ पैसाको मात्र नहुने, व्यवहार तथा अभिव्यक्तिका कुरासँग समेत सम्बन्धित हुने ।’ बताएका थिए ।
बोलि र व्यावहारबाट आफुलाई चर्चित बनाउँदै आएका इटहरीका नगरप्रमुख चौधरी त्यहि कार्यक्रममा गम खाएर बसिरहेका थिए । उपाध्यक्षले भनेको उनले कति बुझे कति बुझेनन् त्यो उनकै कुरा हो ।
शिलान्यास कार्यक्रममा बोल्दै नेता पोखरलेले जनताको स्वार्थभन्दा बढी कुनै सिद्धान्त र स्वार्थ नहुने बताउँदै जनताबाट विरोधहरु आएपनि व्यवहारले काट्नुपर्नेमा जोड दिएका थिए ।
सबै जनप्रतिनिधिले सही तरिकाले काम नगरेको हुन सक्ने समेत भन्दै नेता पोखरेलले ‘कहि नियत बिग्रिएको हुनसक्ला, कहीं ढङ्ग नपुगेको हुनसक्ला तर एमालेका धेरैजसो जनप्रतिनिधिले राम्रो काम गर्नु भएको छ ।’ भने ।