बराहक्षेत्रः राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएसँगै देशभरका कार्यकर्ताहरु तितरबितर हुने क्रम चलिरहेको छ । यसैबीच सुनसरीमा भने जिल्ला पंक्ति राप्रपामै रहने भएको अध्यक्ष दुर्गा बहादुर बस्नेतले जानकारी दिए ।

प्रदेशपोर्टलसँग कुराकानी गर्दै अध्यक्ष थापाले भने, हाम्रो ४० सदस्यीय जिल्ला कार्यसमितिमध्ये आजसम्म कसैले पार्टी छोड्न भन्ने कुरा भएको छैन् । राप्रपाको मूल खम्बा नै कमल थापा भएपनि अहिले थापाले पार्टी छोड्नु दुखद रहेको उनको तर्क छ । यतिबेला कमल थापाले राप्रपा नेपाललाई ब्युताइसकेका छन् । यद्यपि थापालाई राप्रपामै पुनः फर्किन आग्रह गर्न सकिन्छ तर उनलाई साथ दिन सकिँदैन, उनले भनें ।

जिल्ला भरीका १२ पालिकाका अध्यक्षहरुसँग आफू निरन्तर सम्पर्कमा रहिआएको हुनाले कसैले पनि (समाचार तयार गर्दासम्म) राप्रपा पार्टी छोड्ने कुरा नगरेको उनको भनाइ छ । साथै, उनले कमल थापा लगायत सबै कार्यकर्ताहरुलाई राप्रपामै फर्किन आग्रह समेत गरेका छन् ।