शिशिर भट्टराई

रामधुनीः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सचिव सुमन कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता राष्ट्रघाती भएको बताएका छन् ।

आइतबार नेकपा (एस) निकट जनवर्गिय संगठनहरुले सुनसरीको इनरुवामा एमसीसीविरुद्ध गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सचिव कार्कीले यस्तो बताएका हुन् ।

IMG_20220213_142503

‘एमसीसी राष्ट्रघाती छ, यहि सम्झौताका नाममा अमेरिकाले नेपाल जस्तो सार्वभौम मुलुकमाथि नांगो हस्तक्षेप गरिरहेको छ ।’ उनले भने, ‘एमसीसी सम्झौता अमेरिकाको एउटा साम्राज्यवादी नितीअन्तर्गत आएको हो । यस्तो राष्ट्रघाती सम्झौता तत्काल फिर्ता हुनुपर्छ ।’

एमसीसी जस्तो राष्ट्रघाती सम्झौता तत्काल फिर्ता हुनुपर्ने र नभए आफ्नो पार्टीले शसक्त प्रतिकार गर्नेसमेत उनले बताए ।
‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्ने नारा लगाउँदै नेकपा एस निकट जनवर्गिय सगठन्हरुले सडकमा नारा लगाएका थिए ।