बराहक्षेत्रः नेतृत्व र व्यक्तित्व विकासको अग्रणी संस्था चक्रघट्टी जेसीजको ८ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२१ ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिर्थराज भट्टराईको बोर्डले वर्ष २०२२ को नयाँ पदाधिकारीलाई स्वागत गरेका थिए ।

सनिवार चक्रघट्टीमा आयोजित कार्यक्रममा तेजबहादुर पुरी (सन्तोष) को संयोजकत्व एबम् प्रदेश नम्बर १ का वन तथा वातावरण मन्त्री शेखरचन्द्र थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
वर्ष २०२२ का लागि सर्वसम्मत अध्यक्ष भएका अध्यक्ष दिवस विष्टलाई वर्ष २०२१ का अध्यक्ष भट्टराईले शपथ ग्रहण गराए भने नवअध्यक्ष विष्टले जेसीजको विधान बमोजिम वर्ष २०२२ का लागि सदस्यहरुलाई विभिन्न पदहरुमा मनोनीत समेत गरेका छन् । मनोनित हुनेहरुमा महासचिव सुरेन्द्र श्रेष्ठ, कानुनी सल्लाहकार महेश घिमिरे (सुरज), कोषाध्यक्ष पूजा सुवेदी, सचीव गोबिन्द शाह, साखा सम्पादक सुरज काफ्ले, प्रकरण निर्देश शरण लिम्बू, खेलकुद संयोजक धिरेन मुखिया, अर्थ संयोजक कविता भण्डारी, वार्षिक योजना प्रमुख धनराज कार्की, तालिम संयोजक सुजन ढकाल, साहित्य कला संयोजक लक्ष्मण कट्वाल र स्थानीय निकाय संयोजक अस्वन यादब रहेका छन् । यस्तै, अन्य पदाधिकारीहरुमा कार्यकारिणी उपाध्यक्षद्वय दीपक रौनियार र तेजबहादुर पुरी (सन्तोष), उपाध्यक्षहरु रमेश बस्नेत, अर्जुन तामाङ, मौसम न्यौपाने र रबिन शाहशंकर छन् भने फूर्वालाल तामाङ जनसम्पर्क अधिकारीका रूपमा रहने छन् ।

273568873_527085185283331_4719585379698242561_n
कार्यक्रममा अध्यक्षको अन्तिम मनतब्य राख्दै तिर्थराज भट्टराईले रचनात्मक रूपमा आफ्नो कार्याकाल सफल भएको बताए । आफूले बोलेबमोजिम जेसीज सचिवालयको लागि जग्गा व्यवस्थापन गर्न नसकिएको स्विकार गर्दै उनले १०० सदस्य पुर्याउने बाचा गरे बमोजिम ९३ सदस्य पुर्याउन सफल भएको जिकिर गरेका छन् ।
त्यस्तै, वर्ष २०२२ का अध्यक्ष विष्टले नयाँ सदस्य थप र नविकरण गर्ने काम आफ्नो प्रमुख काम हुने प्रतिबद्धता जनाएका छन् । उनले चक्रघट्टी जेसीजको भवन बनाउने समेत घोषणा गरेका छन् भने राष्ट्रिय पदाधिकारी पदको लागि चक्रघट्टी जेसीजबाट उमेदवार खडा गर्नमा पहल गर्ने उनको प्रतिबद्धता रहेको छ ।
चक्रघट्टी जेसीजले यसवर्ष कृष्ण तामाङ, अयुब अन्सारी, रोशन खड्कालाई मानार्थ सदस्यता प्रदान छ । सन् २०१३ मा इनरुवा जेसीजको मातृत्वमा चक्रघट्टी जेसीजका संस्थापक अध्यक्ष निश्चल बस्नेतद्वारा स्थापित चक्रघट्टी जेसीजमा हाल ९३ जना सदस्य रहेका छन्।

273535203_517903339667967_4849732357214427987_n