इटहरीः शनिवार सम्पन्न प्रगतिशिल लेखक संघ सुनसरीको नवौं अधिवेशनले टिका मिलन घिमिरेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
शनिवार इटहरीमा भएको जिल्लाभरीका प्रगतिशिल लेखकहरुको भेलाले घिमिरेलाई सर्वसम्वत अध्यक्षमा चयन गरेको हो । संघको जिल्ला उपाध्यक्षमा विमला पोखरेल, सचिवमा कृष्णप्रसाद नेपाल, सह सचिवमा कृष्णप्रसाद गौतम र कोषाध्यक्षमा मिथिला पोखरेल चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा कविराज घिमिरे, सुस्मिता नेपाल, सुस्मा तिम्सिना र सिर्जना नेपाल चयन भएका छन् ।