रामधुनीः सुनसरीको रामधुनीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरु परित्याग गरि ७४ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

रामधुनी वडा नम्बर ४ का नव–निर्वाचित वडा कमिटीका अध्यक्ष कमल कार्की लगायतको सपथ ग्रहण कार्यक्रमका बीच एमालेले अन्य पार्टीका नेता कार्य–कर्तालाई एमाले प्रवेश गराएको हो ।
प्रदेश पोर्टलसँग कुराकानी गर्दै एमाले रामधुनी नगर कमिटीका उपाध्यक्ष प्रदिप खनालले महिनारायण चौधरीको अगुवाइमा अन्य दलका नेता कार्यकर्ता एमाले प्रवेश गरेको बताए ।

yamale 1